विज्ञान-प्रबिधि

इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक सम्मेलन सम्पन्न

काठमाडौँ, १७ भदौ । इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन आज राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन शुरु भएको हो । सम्मेलनको प्राधिकरणका निर्देशक आनन्द खनाल, युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले सयुक्त रुपमा उद्घाटन गदै बालबालिकामा इन्टरनेट प्रयोग बढेसँगै सुरक्षा खतरा पनि उत्तिकै बढेको…

सामसुङको ग्यालेक्सी एस ८ सार्वजनिक विशेष भुक्तानी प्याड चाहिँदैन

सामसुङ र एप्पलका फोनहरुलाई आपसमा प्रतिस्पर्धि मानिएका छन् । यी दुई कम्पनीहरुवीच आफ्ना मोबाइल फोनहरुमा नौलानौला विशेषताहरु थप्ने होड नै यति बेला चलेको छ । हामी एप्पलको आइफोनमा नपाइने सामसुङको ग्यालेक्सी ८ का नौ वटा विशेषताहरुको बारेमा प्रस्तुत गरिएको छ । १. ‘सामसुुङ पे’ ले अधिकांस चुम्बकीय क्रेडिट कार्ड रिडरमा काम गर्छ । एप्पल पेमा जस्तो विशेष भुक्तानी प्याड चाहिँदैन…

दृष्टिविहीनका लागि छापा माध्यम अब ओसिआर सफ्टवेयरमा

काठमाडौँ, ५ भदौ । विश्वमा नै पहिलोपटक दृष्टिबिहिनका लागि दिगो प्रविधिका रुपमा छापा माध्यम सामाग्रीलाई सहजतापूर्वक पढ्न सक्ने भएका छन् । उपत्यकामा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा रहेका दृष्टिविहीन व्यक्तिका लागि ब्रेल लिपिमा अध्ययन तथा सुनेर जानकारी लिन सक्ने नेपाली अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर)को नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सो सफ्टवेयर सार्वजनिक गरेका थिए । अष्ट्रेलियन राजदुतावासको २४ लाखको…

मौसमको सूचना सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन

काठमाडौँ, २४ साउन । यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ । वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो । ‘रेडियोसोन्ड’ जडान गरिएको बेलुनले आगामी तीन महिना पछि वायुमण्डलबाट मौसमी ततिविधि नियाल्ने जनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्रिवि परिसर…

रोबोट प्रतियोगितामा भाग लिन जापान जाँदै नेपाली टोली !

ललितपुर, २० साउन । जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन–२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले बताए । क्याम्पद्वारा शुक्रबार आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उनले आगामी भदौ १२ गते ९ अगष्ट २७ मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक र कर्मचारी गरेर १८ जनाको समूह…

सौर्य ऊर्जाबाट उत्पादित विद्युत्मा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

ललितपुर, २० साउन । नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको शुक्रबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल…

अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक

१८ साउन, काठमाडौं । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको…

डडेल्धुराका ६ प्राविधिक शिक्षालयमध्ये दुईवटा मात्र बैधानिक

डडेल्धुरा, साउन १३ – डडेल्धुरामा रहेका ६ वटा प्राविधिक तालिम सेन्टर र शिक्षालयमध्ये दुईवटा मात्रै बैधानिक रहेको पाइएको छ । तीन महिने तालिम सेन्टर र १८ महिने प्राविधिक शिक्षालय गरी जिल्लामा सञ्चालित ६ वटा शिक्षालयमध्ये दुईवटा संस्था मात्रै लामो समयसम्मका लागि बैधानिक रहेको भेटिएका हुन् । सेती प्राविधिक शिक्षालय दिपायल प्रमुख तथा सिटिइभिटीका प्रतिनिधि शालिक राम डाँगीको संयोजकत्वमा ६ सदस्यीय…

बसुन्धराकी युवतीलाई फेसबुकमा अश्लिल फोटो पठाउने दुई पक्राउ

१२ साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नन्कली एकाउन्ट खोलेर अरुको ‘अश्लिल’ फोटो पठाएको आAरोपमा प्रहरीले दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मोरङ, उर्लाबारी घर भई मैतिदेवी बस्ने दिनेश न्यौपाने र सितापाइला रामकोटकी रिना थापा मगर छन् ।उनीहरुले नक्कली आईडी खोलेर बधुन्धराकी २० वर्षिया युवती र उनका परिवारका सदस्यका सदस्यलाई ‘अश्लिल’ फोटो पठाउने गरेका थिए । झण्डै एक…

जुलाई ३१ मा उच्च मूल्य तथा गुणस्तरको नोकिया एट बजारमा

एजेन्सि,३ साउन  । नोकियाले नोकिया थ्री, नोयिक फाइभ तथा नोकिया सिक्स स्मार्टफोन लञ्च गरिसकेको छ । नोकियाका उपर्युक्त फोनसेटहरुले प्रयोगकर्ताहरुबाट राम्रै प्रतिक्रिया पाइरहेका छन् । अब चाहीँ नोकियाले उच्च मूल्य तथा गुणस्तरको नोकिया एट बजारमा ल्याउदै छ । नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबलले नोकिया एट स्मार्टफोन लञ्च गर्न लागेको खबर सार्वजनिक भएको छ । खबर अनुसार आगामी जुलाई ३१ मा…

अब तपाई जहाँ हुनुहुन्छ त्यहिबाट नेपाल एयरलाइन्सको टिकट

काठमाडौं, १ साउन । राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्समा यात्रा गर्न चाहने यात्रुले विश्वका जुनसुकै स्थानबाट टिकट लिन पाउने भएका छन्।नेपाल वायुसेवा निगमले आइतबारबाट अनलाइन बुकिङ सुरु गरेको हो। यो सँगै निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट टिकट बुकिङ गर्न सक्ने भएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगमका संचालक समितिका अध्यक्ष शंकरप्रसाद…

‘क्लीन फिड’ फिर्ता लिन माग, नभए टेलिभिजन बन्द गर्ने चेतावनी

काठमाडौँ, २५ असार । केवल टेलिभिजन कम्पनीले सरकारले ‘क्लीन फिड’ विदेशी विज्ञापन हटाउने व्यवस्था लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको क्लीन फिड नीति फिर्ता लिन माग गरेका हुन्…

एक करोड ६० लाख बराबरका आधुनिक कृषि औजार वितरण

दाङ, २४ असार । जिल्ला कृषि विकास कार्यालय दाङले कृषकलाई आधुनिक कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु एक करोड ६० लाख बराबरका विभिन्न कृषि औजार वितरण गरिएको कृषि विकास कार्यालयका योजना अधिकृत तिलक केसीले बताए । जिल्लामा सञ्चालित धानबाली विकास ब्लक कार्यक्रममार्फत जिल्लाका ढिकपुर, रामपुर र लक्ष्मीपुरका कृषक, कृषक समूह र सहकारीलाई खेत जोत्न प्रयोग…

तपाईंको दिमागबाटै कसैले पासवर्ड तथा पिनकोड पढ्न थाल्यो भने कसरी बच्ने ?

एजेन्सी, ५ जुलाई । इन्टरनेटमा त तपाईं सबै प्रकारका सेक्योरिटीका तरिकाहरु अपनाउन हुन्छ । तर तपाईंको दिमागबाटै कसैले पासवर्ड तथा पिनकोड पढ्न थाल्यो भने कसरी बच्नुहोला ? यो सत्य कुरा हो, हालै भएको एक अनुसन्धानले यस्तै डरलाग्दो तथ्य बाहिर ल्याएको छ ।शोधकर्ताहरुका अनुसार यदि तपाईंले एउटा विशेष खालको हेडसेटको प्रयोग गर्नुभयो भने ह्याकरहरुले तपाईंको दिमाग पढेरै तपाईंका अनलाइन अकाउन्टहरुका पासवर्ड…

सामसुङको अहिलेसम्मकै महंगो स्मार्टफोन नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च

काठमाडौ,२१ असार । पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका समाचार तथा चर्चाहरुलाई आधार मान्ने हो । भने सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च गर्ने तयारी गरेको छ । अनि अर्को तथ्य के भने सामसुङको यो ग्याजेट अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ…