विशेष समाचार

कमल थापालाई कार्यकर्ताको जवाफ : काँग्रेससँगको तालमेलले राप्रपाको हार !

काठमाडौँ, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् । पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोल्नुभएका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरेका छन् । बुधबारदेखि…

पाँच बर्षपछि सशक्त वैकल्पिक शक्ति बन्ने नयाँ शक्तिको उद्घोष !

पोखरा, २० पुस । नयाँ शक्ति पार्टी नेपालले आफुलाई वैकल्पिक शक्तिमै सिमित गर्ने निर्णय गरेको छ । महाधिवेशन आयोजक समितिको आज पोखरामा सकिएको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको हो । कास्कीको पर्यटकीय गाउँ ल्वाङमा लगातार तीन दिनसम्म चलेको बैठकले पार्टी स्थापना यताका सकारात्मक उपलब्धिको रक्षा र देखिएका कमजोरीलाई निर्ममतापूर्वक हटाउँदै समयको मागअनुरुप सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा…

तापक्रम दुई डिग्रीबाट तल झर्‍यो, काठमाडौं सहित देशभर चिसो बढ्यो

काठमाडौं, पुस २० । बिहीबार काठमाडौ सहित राति आकाश खुलेकाले चिसो बढेको मौसमविदले बताएका छन् । बेलुका भएपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल नबनेकाले आकाश खुलेको र देशभरि नै चिसो बढेको छ । मौसमविद विभूति पोख्रेलका अनुसार राति आकाश खुला भएपछि बिहान पर्ने शीत र तुसारोका कारण चिसो बढ्ने भएको छ । तर राति बादल लागे न्यानो बढ्छ ।…

सर्वदलीय बैठक : प्रदेशको अस्थायी राजधानी र प्रमुखका विषयमा निर्णय हुने !

काठमाडौँ, २० पुस । राष्ट्रियसभा चुनावको मिति, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका विषयमा छलफल गर्न आज बिहीबार सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बस्न लागेको बैठकमा आज ठोस निर्णय हुने अपेच्छा गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय…

इन्धनको मूल्य फिर्ता नलिए सशक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौँ, १९ पुस । विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनले इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले यहाँ बुधबार आयोजना गरेको साक्षात्कारमा विद्यार्थी नेताहरुले १५ दिनमा दुई पटक मूल्य बढाएर सरकारले नकाम गरेको बताएका हुन् । साक्षात्कारमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिले जनता मारमा परेको भन्दै के आधारमा मूल्यवृद्धि भएको हो त्यो…

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पाँचौं स्थापना दिवस मनायो

काठमाडौं, पुस १९ । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ ।अस्पताल संचालनको पाँच वर्ष पूरा भएको उपलक्षमा अस्पताल परिसरमा एक संक्षिप्त कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव पोखरेलले आफू ग्राणडी अस्पतालको शुभेच्छुक भएको र आफ्नो साथ र सहयोग सधैं रहने बताए । उनले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्राण्डी…

प्रधानमन्त्री देउवाद्धारा पहिलो पटक शीर्ष नेताको सर्वदलीय बैठक आह्वान

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेको काग्रेस नेताहरुले बताएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…

चुनावपछि पहिलो पटक राप्रपाको केन्द्रिय बैठक, हार र रणनीतिबारे छलफल !

काठमाडौं, १९ पुस। चुनावमा व्यहोरेको नराम्रो हारको समीक्षा गर्न राप्रपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यहोरेको हार र अबका रणनीतिबारे छलफल हुने प्रवक्ता भुवन पाठकले जानकारी दिए । मकवानपुरबाट चुनाव हारेका अध्यक्ष कमल थापाले निर्वाचनमा हार व्यहोर्नुको कारणसहित समिक्षात्मक प्रतिवेदन बैठकमा पेश गर्ने तयारी गरेका छन् । गत संविधानसभको दोश्रो चुनावमा समानुपातिकबाटै २५ सिट…

खोटाङको पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा ७ घर जलेर नष्ट

खोटाङ, १९ पुस । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक…

‘मलाई नखोज्नु’ भन्ने चिठी लेखेर दुई महिला बेपत्ता, बेचबिखनको आशंका

कपिलवस्तु, १९ पुस । जितपुरका एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । अर्घाखाँची गौचौर माइती घर…

चिसोका कारण धनुषाका विद्यालय आजदेखि माघ ५ गतेसम्म बन्द !

जनकपुरधाम, १९ पुस । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुनेभएकोमा अधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए ।…

प्रहरीको खोजीमा रहेका सांसद नवराज सिलवाल सुटुक्क क्वाललम्पुरमा !

काठमाडौँ, १८ पुस । नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुग्नुभएको छ । सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उनी एयर एशियाको नियमित उडानबाट…

नयाँ सरकार गठन ढिलाईको असर : नवराज सिलवाललाई पक्राउ पुर्जी जारी !

काठमाडौं, १८ पुस । चुनावलगत्तै तत्काल सरकार छाडेर मार्गप्रशस्त गर्न चेतावनी दिएपनि एमालेलाई कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा झन झन् महंगा हुदै गएका छन् । उनले पुरानै मुद्धामा फेरी एकपटक रिसइबी साध्दै एमाले सांसद तथा पुर्व डिआइजी नवराज सिलवाललाई पक्राउ पुर्जी जारी गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले एमाले सांसद सिलवालाई पक्राउ पुर्जी जारी गरेको हो । ललितपुर १ बाट…

माघ २५ मा राष्ट्रियसभाको चुनाव गर्न प्रम देउवा र प्रमुख आयुक्त सहमत

काठमाडौ,१८ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन गर्न माघ २५ गतेका लागि गरेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री देउवाबीच भएको भेटमा निर्वाचन मितिमा सहमति भएको हो। यो सहमतिलाई यहि पुस २० गते बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराउने सरकारको तयारी छ।   यसअघि निर्वाचनबारे छलफल गर्न…

रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात रोकेर भित्तो काटिने

 काठमाडौ,१८ पुस । मंगलबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात रोकेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले मंगलबार राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ । नारायणढबाट…