विशेष समाचार

सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ !

काठमाडौं,२४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा.गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा। केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा. जीवन क्षत्रीले जानकारी दिए ।

सर्वोच्च अदालतद्वारा डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी

काठमाडौं,२४ पुस । प्रधानन्याधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ आदेश जारी गरेको छ  । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई अदालतको मानहानी गरेको जनाउँदै पक्राउ आदेश जारी गरेको हो । प्रध्यापक डा. केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार अपरान्ह ४ बजेदेखि चौधौ अनसन …

फेरि चौधौं चरणको अनसनमा डा. केसी, प्रधानन्यायाधीशविरुद्ध लड्ने संकल्प

काठमाडौ,२४ पुस । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले चौधौं चरणको अनसन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन  शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा. केसीले अनशन सुरु गरेका हुन् । केसीले राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन सुरु गरेका छन् । शर्मालाई कानून विपरीत बर्खास्त गरिएको ठहर गर्दै…

छाला स्वस्थ र सुन्दर, बनाउन जाडोमा फलफूल खाँदा फाइदाजनक !

सबैलाई सुन्दर हुन मन लाग्छ । फलफूल खानु भयो भने हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खाँदा र लगाउँदा अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । किवी- किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार-अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोम छिद्र…

भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली

जाजरकोट, २४ पुस । दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सबैभन्दा बढि प्रभावित मजकोटका गाउँमा उपचार सुरु गरे पछि…

जनताको चाहना : खानेपानी, सडक निर्माण, वस्ती विकास र आर्थिक समृद्धि !

काठमाडौँ, २३ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूले सबै राजनीतिक दलहरू मिलेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । महालक्ष्मी नगरपालिकाद्वारा आयोजित ललितपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदको सम्मान तथा बधाई कार्यक्रममा सांसदहरूले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए । ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल…

हार्दिक पाण्डेय हिरो भएको पहिलो टेस्टमा भारत कम्तीमा पनि बराबरीतर्फ !

एजेन्सी, पुस २३ । हार्दिक पाण्डेयले सर्वाधिक ९३ रन बनाएर २ दक्षिण अफ्रिकाको २ विकेट लिएपछि भारत पहिलो टेस्टमा खेलमा फर्किएको छ । अफ्रिकालाई २ सय ८६ रनमा अलआउट गरेको भारतको शुरुवात पनि अफ्रिकाकै जस्तो रह्यो । २७ रनमा शिखर धवन, मुरली विजय र कप्तान विराट कोहली आउट भएपछि दबाबमा परेको भारतलाई उकास्न चेतेश्वर पुजारा, भुवनेश्वर कुमार र हार्दिक पाण्डेयले…

मुटु खाने चिसो ! सिरहामा एक बालकसहित तीन जनाको ज्यान गयो

लहान, २३ पुस । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले…

यो वर्ष अहिलेसम्मकै चिसो : तराईमा बाक्लो हुस्सु र शीतलहर, जनजीवन प्रभावित

काठमाडौं,२२ पुस । काठमाडौंको मौसम यसपाली अहिले सम्मकै सवैभन्दा चिसो हुने मैसमविदहरुले बताएका छन् । अहिले चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित बनाएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको…

बैतडीमा एक वर्षको अवधिमा तीन हजार ४०० बढीले गरे स्वास्थ्य बीमा

बैतडी,२२ पुस । बैतडीमा एक वर्षको अवधिमा तीन हजार ४ सय भन्दा बढीले स्वास्थ्य विमा गराएका छन् ।सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा बैतडीमा हालसम्म तीन हजार ४ सय २५ जना सदस्य आबद्ध भएका हुन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमा…

आर्थिक समृद्धिको आधार जलविद्युतमा लगानी बढाउन राष्ट्रपति भण्डारी

काठमाडौ,२१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेकी छिन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)  ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को आज काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत् उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन…

राष्ट्रिय सभाको निर्वाचन आउदो माघ २४ गते गर्ने सरकारको निर्णय

काठमाडौं,२१ पुस । सरकारले राष्ट्रिय सभाको निर्वाचन आउदो माघ २४ गते गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माघ २४ गते राष्टीय सभाको निर्वाचन गर्ने निर्णय गरेको  अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी भने अब बस्ने मन्त्रीपरिषद बैठकले तोक्ने…

शिलबन्दी खोल्न प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रालय र नेतासम्मलाई दबाब

भक्तपुर, २१ पुस । राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ । नियमविपरीत नगरपालिकालाई कुनै जानकारीसमेत नदिइ अस्पतालको भवन निर्माण गरेर डिपिसीसमेत गरेको अवस्थामा नगरपालिकाले गत पुस १३ गते बिहीबार निर्माण रोक्दै सिलबन्दी गरेको थियो । मध्यपुरथिमि नगरपालिकासँग कुनै पनि स्वीकृित नलिइ, नक्सा पाससमेत नगराई…

दुई सय चार जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण !

सप्तरी, २१ पुस । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् । उनका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित…

काठमाडौँका सडक निर्माण छिटो सक्न अगुवालाई विद्यार्थीको चर्को दबाब

काठमाडौँ, २० पुस । चाबहिलको गोपिकृष्ण हलदेखि तेञ्जिङ चोकको सडक निर्माण कार्यलाई तीव्रगतिमा सम्पन्न गर्न एपेक्स लाइफ स्कुलका विद्यार्थीले विभिन्न निकायका अगुवालाई दबाब दिएका छन् । स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, स्थानीय प्रतिनिधि पूर्णकुमार ताम्राकार, प्रियम्बदा शर्मा, स्कुलका कार्यकारी निर्देशक सुवास न्यौपाने, अनुसन्धानविद् रामु जोशीलगायत सम्बन्धित वडाका पदाधिकारीलाई आ–आफ्नो क्षेत्रबाट गहन भूमिका निर्वाह गरी निर्माण…