विशेष समाचार

प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोडको क्षति

रुपन्देही २ फाल्गुन । बुटवलको संगमपथस्थित युनाइटेड प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोडको क्षति भएको छ । आगलागी हुदा गोदाममा भण्डार गरिएको प्लास्टिकका सामान जलेर नस्ट भएको प्रहरीले बताएको छ । आगो निभाउन भैरहवा सिद्धार्थनगर, परासी, रामग्राम र कपिलवस्तुको वाणगंगाबाट गरी चार वटा दमकल झिकाइएको सन्चालक जीवन गौतमले बताए ।

केन्याविरुद्ध सन्दीपका ५ विकेटलाई आइसिसीले लिस्ट ए मा उत्कृष्ट भन्यो !

काठमाडौं, १९ माघ । आइसिसीले केन्याविरुद्ध ५ विकेट लिएका सन्दीप लामिछानेलाई उत्कृष्ट लेग स्निपर बलर भनेर प्रसंशा गरेको छ । विश्व क्रिकेट लिग डिभिजन टु मा सन्दीपले केन्याका ५ विकेट लिएपछि नेपाल र उनको प्रशंसा गरेको हो । आइपिएलमा दिल्ली डेभर डेभिल्संर्सग आबद्ध सन्दीपलाई एक विश्व उत्कृष्ट बलर हुन सक्ने सम्भावना भएको क्रिकेटर भनेको छ । सन्दीपकै उत्कृष्ट बलिङमा नेपालले केन्यालाई…

राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति भण्डारीलाई निर्वाचन आयोगले बुझायो

काठमाडौं,२८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको…

महिला हिंसाको अचाक्ली रुप : खुकुरी हानेर श्रीमतिको हत्या

उर्लाबारी, मोरङ, २८ माघ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले…

कर्मचारीमाथि लगाम लाग्यो : स्थानीय तहमा नगए तलब नै नपाउने !

बागलुङ, २८ माघ । स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको हो । कर्मचारीको हाजिरी स्थानीय तहका…

राष्ट्रपति सँग दाहालको भेटवार्ता समसामयिक विषयमा छलफल

काठमाडौं,२६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते नयाँ सरकार गठन हुने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीमाझ बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले निर्वाचन आयोगले फागुन ५ गतेभित्रै निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिरहेकाले पनि ६ गते नयाँ सरकार बन्ने सम्भावना रहेको प्रष्ट पारे…

कपिलवस्तुमा आठसय ७८ जनामा हात्तीपाइले, बालबालिका उच्च जोखिममा

कपिलवस्तु, २६ माघ । कपिलवस्तुको जितपुरमा ८ सय ७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिदै आइएको छ…

सभापतिले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ २५ माघ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा बैठक शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उल्लेख छ । सभापति देउवानिकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सिटमा क–कसलाई पठाउने भन्नेबारे छलफल हुने भएको छ । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४० सिट जितेको छ…

कोरला नाका खुलाउन तीव्रताका साथ कूटनीतिक पहल सुरु

मुस्ताङ, २५ माघ । कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल सुरु भएको छ । कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी पनि भएको छ ।सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रुपमा कोरला नाकाको भ्रमण गरेका थिए । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले…

राजपाले आलोपालो सरकार चलाउने भनेपछि फोरमसँगगको वार्ता निष्कर्षविहिन

जनकपुरधाम, २४ माघ । प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ । दुवै दलकका शीर्ष नेताबीच जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो । दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको…

जिल्ला हाकेका गणेश राई : व्यावसायिक चिया खेतीबाट १३ जनालाई रोजगारी !

भोजपुर, २३ माघ । काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बनेका छन् । सिडिओ भएर विभिन्न जिल्लामा काम गरेका र अहिले अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गर्न थालेका छन् ।…

सामुदायिक विद्यालयको अर्को समस्या : दरबन्दीअनुसार शिक्षक छैनन्

राजविराज, २३ माघ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य सामुदायिक विद्यालय तथा नीजि बोर्डिङ स्कुलभन्दा बढी विद्यार्थीको चाप यस विद्यालयमा…

फोरमका अध्यक्ष यादव भन्छन् – ‘जातीय विभेद र घृणाले मधेसको विकास हुन सक्दैन’

राजविराज, २२ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका छन्, जातीय विभेद र घृणाले देशको विकास हुदैन् । खासगरी मधेसमा जातीय विभेद र घृणाको राजनीति फस्टाएको भन्दै यसको अन्त्यका लागि लड्नुपर्ने आवश्यकता औल्याए । सोमबार रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उनले भने “जातीय विभेद र घृणाले मधेसको विकास हुन सक्दैन्, त्यसैले जातीय सद्भाव र सहिष्णुता…

प्रदेश २ को मुख्यमन्त्रीमा राउतको चर्चा, फोरमले छान्यो संसदीय दलको नेता

धनुषा, २२ माघ । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष छन् । उनी पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै…

जनकपुर, सुर्खेत, बुटवल र धनगढीमा तामझाम, विरगञ्जमा बन्द र चक्काजाम !

पर्सा, २१ माघ । प्रदेश २ को पहिलो प्रदेशसभा बैठक धनुषाको जनकपुरमा तामझामका साथ शू हुँदा पर्साको विरगञ्जमा भने बन्द र तोडफोड भएको छ । सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम तोकेदेखि नै आन्दोलित भएका विरगञ्जबासीले आज बन्द र तोडफोड गर्दै सरकारको निर्णयमा असहमति जनाएका हुन् । उनीहरुले शुरुदेखि नै विरगञ्ज राजधानी हुनुपर्ने माग गर्दै आएका थिए । वीरगञ्ज प्रादेशिक…