विचार/ब्लग

मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक हो: शेखर गोल्छा

मोरङ, १७ जेठ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाए । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उनको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाएर पठाएको पैसाले मुलुक चलेको…

अरुले पिठो बेचे, हामीले चामल बेच्न सकेनौँ : प्रचण्ड

काठमाडौँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा…

योजनाबद्ध तवरले विकास गरिन्छः नगर प्रमुख हरिकुमार श्रेष्ठ

म्याग्दी, १२ जेठ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी नगरभित्र योजनाबद्ध तवरले विकासका कार्यक्रम अघि बढाइने बताएका छन् । स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिका लागि बेनीस्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले शुक्रबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रका हरेक बस्तीमा अनुभूति हुनेगरी योजनाबद्धरुपमा विकासका योजनामा बजेट विनियोजन गर्ने…

राष्ट्रिय सहिद स्मारक छिटो सञ्चालनमा ल्याउन माग

काठमाडौँ, ११ जेठ । सरकारले ११ वर्षअघि गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माण सुरु गरेको राष्ट्रिय सहिद स्मारकको काम नसकिएकामा सरोकारवालाले गुनासो गरेका छन् । स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिले बिहिबारगोकर्णमा आयोजना गरेको ११ औँ स्थापना दिवस एवम् स्थानीय तहमा निर्वाचित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको सम्मान कार्यक्रममा सरोकारवालाले छिटो स्मारक निर्माण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री…

ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका स्कुले विद्यार्थीहरु

काठमाडौँ, ११ जेठ । चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स्वयम्सेवा गर्ने कार्य गरिरहेका छन् । गोल्डेनगेट कलेजमा स्नातक पढ्दै आएका एरीक बस्नेत आफू दैनिक तीन घन्टा…

जटिलता निम्त्याउँदै कम उमेरमै हुने गर्भपतनले

काठमाडौँ, ९ जेठ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो । महिनावारी रोकिएपछि उनीहरु दुवैजना एक क्लिनिकमा…

केही वर्षयता बन्द सिलगुढीमा साझाको शाखा पुनः सञ्चालन हुने

काठमाडौँ, ८ जेठ । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेपालीभाषी साहित्यकारहरुलाई सोमबार साझा प्रकाशन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले स्वागत गर्न आयोजित…

श्रम रहेसम्म माक्र्सवादको औचित्य समाप्त नहुने कुरामा जोड

काठमाडौँ, ७ जेठ । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताएको छ । शनिबार भएको साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खलामा द्विशताब्दिऔँ माक्र्स (सन् १८१८–१८८३ ) जन्मजयन्ती समारोह समितिका संयोजक भुसालले माक्र्सवादले समाजका सबै खाले विचार र विशेषज्ञतालाई जोड्ने काम गर्ने बताउँदै भने,…

नेपाल केही बर्षमै ‘डम्पिङ साइट’ बन्छ : उद्योग व्यवसायी

काठमाडौँ, ५ जेठ । उद्योग व्यवसायीले राजनीतिक संक्रमण नटुंगिए नेपालको उद्योग व्यवसाय केही बर्षभित्रमा ‘डम्पिङ साइट’ बन्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले राजनीतिक दलहरुको अर्कमण्यता र व्यवसायपतिको चेतना कमी भएकाले परनिर्भरता हट्न नसकेको पनि बताए । व्यवसायी विष्णु लुँइटेलले राजनीतिक संक्रमणकाल लम्बिदा कर्मचारीतन्त्रीको…

स्थिर सरकार नभएकाले आर्थिक विकास हुन सकेन : अर्थमन्त्री महरा

काठमाडौँ, ५ जेठ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले राजनीतिक स्थिरताको अवस्था अझै नरहेको बताएका छन् । शक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । वर्तमान अवस्थामा पुँजीवादी अर्थतन्त्रको बृद्धि भएपनि सामाजिक अवस्थामा आर्थिक विकास हुन नसकेको उनको भनाई थियो । अर्थमन्त्री महराले अर्थतन्त्रको निर्भरता मुलुकमा नभएको र जिविको पार्जनका लागि बाह्य मुलुकमा भर पर्नु परेको जिकिर गरे…

फेरिएनन दलहरु, मतदाताका टाउका गनेर चुनाव जित्ने सुत्र फेल

रमित विश्वकर्मा – २० बर्षपछि हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै चुनावी सरगर्मी बढ्न थालेको छ । अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का पक्की भएकोले सरगर्मी बढेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं गौमुल…

जीवित अभिभावकका टुहुरा सन्तान

रमेश भट्टराई ‘सहृदयी’ कुखुराले चारो खोज्छ, आफ्नो पेट भोकै भए पनि चल्लाका लागि अर्पिन्छ । शत्रुरुपी बिरालो या कुकुरसँग सन्तान रक्षाका निम्ति आफ्नै ज्यानलाई दाउ थापेर झम्टिन पुग्छ । पशु प्राणी या त सारा सृष्टिमै आमाको माया सन्तानका लागि कति अमूल्य हुँदो रहेछ कति दर्बिलो छ, ममताको आदर्श ।मातृदेवो भवः अथवा आमा देवता समान हुन्छिन् । वेद, शास्त्र, पुराणमा आमाको…

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत– आयुक्त पौडेल

पोखरा, २९ वैशाख । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताए । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो मोटरसाइकल ¥याली र भोज भतेर गर्नु व्यर्थकै खर्च भएको टिप्पणी गरे । स्वच्छ छवि, विकासप्रेमी र जनताको सुखदुःखमा सधैँ रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उहाँले…

सबै गाउँ र नगरपालिकामा सुविधासम्पन्न अस्पताल बनाउने चार दलहरुको प्रतिबद्धता

काठमाडौँ, २७ वैशाख । करिब दुई दशकपछि देशमा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न राजनीतिक दलले आफ्ना घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा पनि आकर्षक योजना अघिसारेका छन् । पार्टीहरुबीच स्वास्थ्य क्षेत्र र सेवाका विषयमा कतिपय बुँदामा समानता पनि भेटिएका छन् । कतिपय पार्टीका केही योजना महत्वाकांक्षी देखिएका छन् । स्थानीय तहको विकासमा मुख्यतया स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताले विकासको ढोका खोल्नेमा…

जनताको भलो चाहने दललाई भोट

पोखरा, २२ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जनताको भलो चाहने दललाई भोट दिन आग्रह गरेको छ । एमाले पोखरा–लेखनाथ–५ निर्वाचन परिचालन कमिटीले पोखराको मालेपाटनमा शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवम् निर्वाचन सभालाई सम्बोधन गर्दै विगतका कामको मूल्याङ्कन गरी गलत र असल छुट्टाएर कुनै एक दल रोज्नुपर्नेमा जोड दिए । एमाले…