विचार/ब्लग

डिआइजी नवराज सिलवाल प्रकरण : घृणित राजनीतिविरुद्ध बदलाव !

काठमाडौँ, २१ असोज । नेपाली राजनीतिमा डिआइजी नवराज सिलवाल प्रकरण नौलो होइन । उनी एउटा यस्ता पात्र हुन् । जसले पुरानो समस्यालाई मुख्य जडका रुपमा लिएर न्यायको लडाई लडे । तर यसले सार्थकता पाएन । र उनी आफै त्यसको सिकार भए । अन्ततः पदबाटै बर्खास्त हुनुपर्ने अवस्था पनि सिर्जना भयो । आफुलाई आइजिपी बनाउन माग गर्दै लगातार एक बर्ष बढी…

रामचन्द्र पौडेल : जिल्लादेखि केन्द्रसम्म यति धेरै कमजोर किन ?

काठमाडौँ, २० असोज । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि जिल्ला र क्षेत्रस्तरबाट उम्मेद्वार छनौटका लागि यतिबेला नाम सिफारिसको क्रम चलिरहेको छ । यसक्रममा सबै दलका शिर्ष नेताको सिफारिस चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भइसकेका छन् । यस्तै प्रदेश नं. ७ को अछामबाट एमाले नेता भीम रावल पनि सर्वसम्मत सिफारिसमै छन । प्रदेश नंं. ७ बाट…

[सम्पादकीय] हेलो सरकार ! देव नारायण यादवलाई तत्काल रिहाई गर

काठमाडौँ, १६ असोज । सामान ल्याउन भारतीय बजार गएका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीले सप्तरी तिलाठीका देव नारायण यादवलाई पक्राउ गरेको छ । यादव र उनका छोरा अजयलाई पक्राउ गरेर भारतीय प्रहरीले अपहरणको मुद्धा चलाएको छ । छोरा अजयले भारतीय युवतीसँग विहे गरेपछि त्यसैलाई बाहना बनाएर भारतीय प्रहरीले उनीमाथि अपहरणको मुद्धा चलाएको स्थानीयको भनाई छ । तर भारतीय एसएसबीले…

यस्तो छ चिकित्सा शिक्षामा लुटतन्‍त्र – ओमप्रकाश अर्याल

नेपालको राजनीति सेवामुखी होइन, मुनाफामुखी बन्दै गएको छ । दलभित्रका प्रायः नेताहरूले सर्वसाधारण जनताको होइन, नाफाखोरी स्वार्थ समूहको प्रतिनिधित्व गरेको देखिन्छ । राज्य प्रणाली नै मुनाफामुखी राजनीतिको दुष्चक्रमा फसेको छ । राजनीतिक संरक्षणका आडमा नाफाखोरी स्वार्थ समूहले उत्पादन, वितरण, नीति निर्माण तथा नियमनलगायत समग्र शासन सञ्चालन प्रणाली कब्जा वा नियन्त्रण गरिसकेका छन् । नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्रको जगजगी छ । लुटतन्त्रविरुद्ध कहीँ न कहीँबाट कसै…

दलहरुको चहलपहल,मेयरमा राजपाका सिंहको पल्ला भारी, टक्कर कांग्रेस संगै

वीरगंज, ३० साउन । राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा जाने भएसंगै प्रदेश नम्वर २ मा चुनावि माहोल गर्माएको छ । प्रदेश नम्वर २ मा यहि असो २ गते निर्वाच हुँदै छ । कुनै अवरोध नआए अबको ३६ दिन पछि प्रदेश २ मा स्थानीय तहको निर्वाचन हुने निश्चित छ । निर्वाचन हुने पक्का पक्कि संगै अहिले राजनीतिक दललाई उम्मेद्वा चयन गर्ने चटारो…

यी हुन सगरमाथामा बिलाएका आरोहीहरु

सुयोग ढकाल –  सगरमाथा एउटा सपना हो जसको प्राप्तीकालागि बर्षेनी धेरैजना आरोहीहरु ज्यानको जोखिम मोलेर जानेगर्दछन् । सबैजनाको भाग्यमा चुचुरो अनि जीवनकहाँ हुन्छ र ? कतिजनाले त जीवन सगरमाथाको काखमा गुमाएका छन्, पातलो हावाले अक्सिजन साँचेको कहाँ कुन्छ र रु सानो गडबडिले पनि ठुलो जोखिम दिनेगर्दछ । फेरि मौसम कसका् हातमा हुन्छ र रु मौसमको पासा पल्टेसँगै जीवनको लिला समापन…

ठूलो दल कांग्रेस कहाँ चुक्यो ?

दाङ,२४ असार । स्थानिय तह निर्वाचन अन्तर्गत दोस्रो चरणको परिणाम करिब करिब आइसकेको छ । परिणामअनुसार नेकपा (एमाले)सबैभन्दा ठूलो दलका रूपमा स्थानीय तहमा स्थापित भएको छ । नेपाली कांग्रेसले यो परिणामलाई स्वीकार गरे पनि अनपेक्षित परिणामका रुपमा लिएको देखिन्छ । नेपाली कांग्रेसले किन अप्रत्याशित पराजय भोग्यो भन्ने प्रश्नको जवाफ हुन्छ ? कम मत पाएर कांग्रेसले अब यही बिन्दुबाट आफ्नो समीक्षा…

जन्म दिएर चटक्कै छोड्यौ आमा

आमाको माया कस्तो हुन्छ ? आमा नहुँदा कतिपटक रुनुपर्दो रहेछ ? यो त केवल आमा गुमाइसकेकालाई मात्र थाहा हुन्छ ।हेर्दाहेर्दै ६ वर्ष पुगेछ आमाले हामीलाई छोडेर जानुभएको । आमा गुमाउँदा दूधे बालक रहेको भाइ पनि अहिले ६ वर्षको भैसक्यो । ‘दिदी हाम्रो आमा कहाँ हुनुहुन्छ ? जब भाइले यो प्रश्न गर्छ, म जवाफविहिन हुन्छु । आफूसरहका साथीहरुको आमा देखेर उसलाई…

निजी विद्यालयमा विद्यार्थीको चाप, सरकारीमा हालत !

कुसुम विश्वकर्मा/ संगीता राई – मानिसका लागि शिक्षा एक गतिशिल र परिवर्तनशिल प्रक्रिया हो । प्राचिन कालमा विभिन्न तरिकाबाट लिइने शिक्षा अहिले नीतिमा रहेर व्यवस्थापकीय ढंगले अगाडी बढिरहेको छ । शिक्षाले गर्दा नै मानिसहरु चन्द्रमामा पुग्ने यन्त्र मात्र नभई विभिन्न किसिमका विज्ञान र प्रविधिको आविष्कार गरि विश्वमै चमात्कार गरिरहेका छन । तर रात दिन नभनि यही शिक्षा सिकिरहेका हामी कहाँ छौँ ?…

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छानिने राष्ट्रपतिको आह्वान

काठमाडौँ, १८ जेठ । सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबारदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरे पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि…

काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान सुरु

काठमाडौँ, १८ जेठ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहिबारदेखि ‘सफा सहर’ अभियान सुरु गरेका हुन् । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बिहिबार बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुवात गरेका हुन् । “काठमाडौँलाई सफा…

मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक हो: शेखर गोल्छा

मोरङ, १७ जेठ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाए । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उनको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाएर पठाएको पैसाले मुलुक चलेको…

अरुले पिठो बेचे, हामीले चामल बेच्न सकेनौँ : प्रचण्ड

काठमाडौँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा…

योजनाबद्ध तवरले विकास गरिन्छः नगर प्रमुख हरिकुमार श्रेष्ठ

म्याग्दी, १२ जेठ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी नगरभित्र योजनाबद्ध तवरले विकासका कार्यक्रम अघि बढाइने बताएका छन् । स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिका लागि बेनीस्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले शुक्रबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रका हरेक बस्तीमा अनुभूति हुनेगरी योजनाबद्धरुपमा विकासका योजनामा बजेट विनियोजन गर्ने…

राष्ट्रिय सहिद स्मारक छिटो सञ्चालनमा ल्याउन माग

काठमाडौँ, ११ जेठ । सरकारले ११ वर्षअघि गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माण सुरु गरेको राष्ट्रिय सहिद स्मारकको काम नसकिएकामा सरोकारवालाले गुनासो गरेका छन् । स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिले बिहिबारगोकर्णमा आयोजना गरेको ११ औँ स्थापना दिवस एवम् स्थानीय तहमा निर्वाचित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको सम्मान कार्यक्रममा सरोकारवालाले छिटो स्मारक निर्माण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री…