मनोरञ्जन

वाउ ! दुर्गेश थापा, अब रमाइलो हुने भयो (भिडियोसहित)

भिडियो निर्देशक सिर्जन बरालले मोडल दुर्गेश थापाको बबाल भिडियो बजारमा ल्याएका छन । सुवास कार्कीको स्वरमा रहेको गीतलाई सिर्जनले भिडियोमा उतारेका हुन । दुर्गेश थापालाई लुसिनाले साथ दिएकी छन । युवा र किशोर किशोरीका लागि प्रिय बनेका दुर्गेशले यो भिडियोमा थप मनोरञ्जन दिएका छन ।

‘धनपति’ प्रदर्शन हुन एक हप्ता बाँकी, जोगिएला त खगेन्द्र लामिछानेको साख ?

गत बर्षको हिट फिल्म पशुपतिका मुख्य अभिनेता खगेन्द्र लामिछानेको अग्निपरीक्षा शूरु हुन अब एक हप्ता मात्रै बाँकी छ । असार २३ गतेबाट प्रदर्शनमा आउने फिल्म धनपतिमा उनको मुख्य भूमिका मात्रै होइन पशुपतिमा जस्तो जीवन्त भूमिका निर्वाह गर्न सक्छन की सक्दैनन भन्ने चर्चा पनि छ । दीपेन्द्र के खनालको मुख्य निर्देशन र निर्माणमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त पनि मुख्य…

हृद्यघातका कारण महिला फिल्म निर्देशक निलु डोमा शेर्पाको निधन

नेपाली फिल्मकी आशलाग्दी फिल्म निर्देशक निल डोमा शेर्पाको निधन भएको छ ।  उनको शनिबार विहान हृद्यघातका कारण निधन भएको हो । उनले पछिल्लो समय निर्देशन गरेको ‘हाउ फन्नी’ फिल्मले राम्रै व्यापार गरेको थियो । उनले निर्देशन गरेको यो फिल्म धेरैले मन पराएपछि उनी अर्को फिल्म निर्देशन गर्ने तयारीमा थिइन । तर उनको हृद्यघातका कारण निधन भएपछि त्यो योजना पुरा हुन…

११४ आवेदनलाई पछि पार्दै ‘कालो पोथी’का निर्देशक भामले जिते अमेरिकी डलर

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कालो पोथी’ का निर्देशक मीन भामले स्क्रिप्ट लेखनका लागि १० हजार अमेरिकी डलर जितेका छन् । स्क्रिप्ट लेखनका लागि दिइने पुरस्कार एसियन सिनेमा फन्ड भामले जितेका हुन् । चलचित्र ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) को स्क्रिप्ट लेखनका लागि भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै उनले उक्त फन्ड हात पारेका हुन् । ‘कालो…

सञ्चारकर्मी तथा गायक प्रजोल पारखीको पैसा र बैशको पछि अल्लारे केटी

काठमाडौ ,११ असार ।पछिल्लो समय नेपाली लोक गीत संगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सञ्चारकर्मी तथा गायक प्रजोल पारखी ‘जगत’ र बहुचर्चित लोक गायिका पुर्णकला बिसिको आवाजमा रहेको लोक दोहोरी गित ‘आउँछन पछि पछि’को भिडियो बजारमा सार्वजनिक भएको छ । शिव दर्शन फिल्मस् प्रा.लि ले बजार व्यवस्थापन गरेको यस भिडियोमा पछिल्लो समय सबैको मनमुटुमा बस्न सफल चर्चित मोडेल रिना…

सेलिब्रेटीकी पनि सेलिब्रेटी सुष्मा भन्छिन ‘आफ्नै कमाईमा रमाउदा खुशी लाग्छ’

शहर बजारमा अहिले सबैभन्दा छिटो बिक्ने भनेकै सुन्दरता हो । जो कोहीलाई पनि मन पर्ने सुन्दरताको राज सबैमा हुदैन । तर काठमाडौँ मलको चौथो तलाको फेसियल हाउसमा एउटा यस्तो राज छ, जहाँ नेपालका सबैजसो स्टार सेलिब्रेटी आफुलाई सुन्दर बनाउन पुग्छन । काठमाडौँको धुवाँ धुलोमा स्टार कास्ट मेन्टेन गर्न चुनौति थपिइरहेका बेला फेसियल हाउसकी सञ्चालक सुष्मा महराले सुन्दरता जोगाइराख्ने र थप…

अभिनेत्री मनिषा कोइरालाद्वारा क्यान्सर अस्पताललाई एक लाख सहयोग

काठमाडौँ, १० असार । गरिब परिवारको क्यान्सर रोग उपचारमा सहयोग गर्ने उद्देश्यले अभिनेत्री मनिषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ । जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ…

निर्माण गर्दा १ सय करोड खर्च ट्युबलाइटले पहिलो दिन २१ करोड कमायो

काठमाडौं, १० असार – सलमान खानको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइटले पहिलो दिन बक्स अफिसमा सन्तोषजनक कलेक्सन हात पारे पनि अपेक्षा अनुसारको भने कलेक्सन नभएका । ट्युबलाइटले पहिलो दिन २१ करोडको ब्यापार गर्‍यो । बाहुबली २ ले पहिलो दिन ४१ करोडको ब्यापार गरेको थियो । सन् २०१७ रिलिज भएका चलचित्र मध्ये पहिलो दिनमा बढी कमाइ गर्नेमा बाहुबली २…

तश्वीरमा हेर्नूस, म्यानमारबाट नेपाल घुम्न आएकी गित र नेपालका प्रेमको जोडी

यही साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘प्रेमगीत २’ । वर्ष २०७२ मा रिलिज भएको फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा नायकमात्र दोहोरिएका छन् भने नायिका नयाँ छिन् । ‘प्रेमगीत’मा प्रेमको भूमिका निर्वाहा गरेका प्रदीप खड्का ‘प्रेमगीत २’ मा पनि प्रेमकै भूमिकामा छन् । ‘प्रेमगीत’मा गीतको भूमिका पूजा शर्माले निर्वाहा गरेकी थिइन् तर यसको सिक्वेलमा पूजाको ठाउँ अश्लेषा…

१ सय वर्ष पुरानो भाका ‘आहा रेलुमै’ तीज गीत युट्युबुमा सार्वजनिक,तीज २ महिना बाँकी

काठमाडौं, ७ असार । तीज गीतलाई प्रायः छाडा बनाइएको आरोप लाग्ने गरेको अवस्थामा यस वर्ष भने केही गीतहरुमा सुधार आएका छन् । करिव १ सय बर्ष पुरानो भाकामा रहेको ‘आहा रेलुमै’ गित युट्युबुमा सार्वजनिक भएको छ ।अव भने गत बर्ष भन्दा यस बर्ष पुरानै लय र भाकाका तिज गित बजारमा आउन थालेका छन् । आहा रेलुमै शिर्षकमा रहेको तिज गित…

रुपचन्द्रको सिङगो जीवनीमा आधारित चलचित्र ‘रुदाने’को फर्स्टलुक सार्वजनिक

दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने : विद्रोहको नेपाली नामको फष्टलुक सार्वजनिक गरिएको छ । विष्टको १८ औँ स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको छ । ति मध्ये एकमा रुपचन्द्रको भुमिका निर्बाह गरेका अभिनेता दिब्यदेब अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन् । अर्को…

कसरी हटाउने बच्चा जन्माइसकेकी आमाको पेटको सेतो धर्का

खासगरी बच्चा जन्माइसकेकी महिलाको पेट आसपासमा सेतो धर्का देखिन्छ । यसले उनीहरुको समग्र सौन्दर्यमा असर पुर्‍याइरहेको हुन्छ । हुन त यस्तो सेतो धर्सा पुरुष वा महिला दुबैको हुनसक्छ । तर, यो महिलाको लागि बढी चिन्ताको विषय बन्छ । कसरी बन्छ स्ट्रेच माक्र्स जब हामी मोटाउँछौ, तब छाला खुम्चिएर यस्तो धर्सा बन्छ ।मोटोपन बढ्दा वा गर्भावस्थामा जब हाम्रो शरीरको मोटाई बढ्छ,…

मूभि एक्सनले भरिपूर्ण अजय देवगनको ‘बादशाहो’ टीजर रिलिज

एजेन्सी, मुम्बई । बलीउडका चर्चित फिल्ममेकर मिलन लुथरियाको नयाँ फिल्म ‘बादशाहो’ को टीजर सार्वजनिक भएको छ । यो फिल्ममा अभिनेता अजय देवगन र इमरान हाशमी मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगन, इमरान हाशमीका अलावा इलियाना डिक्रूज, ईशा गुप्ता र विद्युत जामवाल पनि मुख्य भूमिकामा छन् । टीजरमा अजय देवगन हरियाणवी अन्दाजमा देखिएका छन् । यस्तै, विद्युत जामवाल, ईशा गुप्ता…

योग किन, कसरी र कसले गर्ने ?योगले आत्मालाई परामात्मासित जोड्छ

स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै । यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ । आज योग दिवस । सन् २०१५ देखि प्रत्यक वर्ष जुन २१ तारीखका दिन यो दिवस…

‘प्रेमगित २’ को ट्रेलर सार्वजनिक, प्रदीप र अश्लेषाको जमेको केमेष्ट्री

पछिल्लो समयको आशातित फिल्म ‘प्रेमगित २’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार अपरान्ह् सार्वजनिक फिल्मको ट्रेलरलाई केही घण्टामै एक लाख दर्शकले हेरेका छन । यसको यो भ्युअर्स गत बर्षको फिल्म ड्रिम्सको रेकर्डलाई पनि पछाडी पार्ने अनुमानित ट्रेलरका रुपमा हेरिएको थियो । जुन प्रेमगित २ ले साबित गरेको छ । प्रेम अर्थात प्रदीपको जोडीको रुपमा आएकी नयाँ गीत अश्लेषा ठकुरीले…