बहस/छलफल

मोर्चा आजदेखि आन्दोलनमा, तराईका जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै

३१ चैत, काठमाडौँ । सरकारको नयाँ संशोधन प्रस्तावलाई अस्वीकार गर्दै आन्दोलनमा फर्किएको मधेसी मोर्चाले बिहीबार आज तराईका जिल्ला सदरमुकाममा प्रदर्शन गर्दैछ । सरकारले मोर्चालाई चुनावमा सहभागी गराउन प्रक्रियामा रहेको संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेको थियो । तर मोर्चाले नयाँ विधेयकलाई पहिलेको विधेयकभन्दा पनि पश्चगामी रहेको बताएको छ । सरकार र निर्वाचनविरुद्ध मोर्चाले हिजो नै आन्दोलनको घोषणा गर्दै…

सङ्घीय गठबन्धनद्वारा संशोधन विधेयक अस्वीकार, आन्दोलन चर्काउने

काठमाडौँ, ३० चैत । सङ्घीय गठबन्धनले सरकारद्वारा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकले आफ्ना माग सम्बोधन गर्न नसक्ने भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले संशोधनको विधेयक मधेसी, आदिवासी जनजाति समुदायले उठाएका माग र विगतमा भएका समझदारी, सहमति र सम्झौताको प्रतिकूल भएको निष्कर्ष निकालेको हो । गठबन्धनले सरकारले आफ्ना मागलाई बेवास्ता…

रुकुममा एक लाख मतदाता

रुकुम, ३० चैत । आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालयबाट एक…

भूकम्प प्रतिरोधी घर बनाउन आचारसंहिता संशोधन, २० बर्षीय रणनीति ल्याइदैँ

२९ चैत, काठमाडौँ । भूकम्पपीय जोखिम न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी घर बनाउन सरकारले आचारसंहिता संशोधनको तयारी गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सरकारले भूकम्प प्रतिरोधी मापदण्डका घर बनाउन आचारसंहिता संशोधनको तयारी थालेको बताए । यस्तै मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुमन सालिकेले उपत्यकामा ७ प्रतिशत घर मात्र मापदण्डमा बनेको र धेरै घर…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित

२९ चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । महासंघको कार्यसमितिमा पनि उनकै वर्चस्व कायम भएको छ । विधानतः उनी भवानी राणापछि स्वतः अध्यक्ष हुनेछन् । एसोसियटतर्फका केही मत गणना गर्न बाँकी रहँदा नै उनका प्रतिद्वन्द्वी किशोर प्रधानले गोल्छालाई बधाई समेत दिइ सकेका छन् । कार्यसमितिमा पनि गोल्छा समूहकै वर्चस्व कायम रहेको छ…