बहस/छलफल

बन्दका कारण उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित

काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल  भएको छ । बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन प्याब्सन का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताए । सो पार्टी निकट अनेरास्ववियु क्रान्तिकारी…

समाजसेवी थापाको पहलमा २० जना लाई विभिन्न सामग्री वितरण

रौतहट, २३ अषाढ । रौतहटका २० जना असहाय, गरिब, दलित, अनाथ बालबालिका र अपाङलाई राहत सामग्री वितरण गरिएको छ । अपांग र असहायका सहारा बनेकी नेपालको कास्की जिल्ला पोखराकी छोरी एक सबल समाजसेवीको रुपमा परिचित हुदै आएकी यशोदा थापाले युरोपको बेल्जियममा बिगत १७ सालदेखि बस्दै आईरहेकीे उनले रौतहट जिल्लाका ठाउँमा अपाङ्ग, गरिब लगायतको असहाय व्यक्तिलाई विभिन्न किसिमको सहयोग गरिएको हो…

चुनावमा सहभागि हुने राजपाको संकेत, दल दर्ताको अन्तिम तयारी

काठमाडौँ, २१ असार । आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दल दर्ता गर्न बुधबार अन्तिम समयमा आएर असफल भएको छ । बुधबार नै दल दर्ता गरेर निर्वाचन आयोगबाट नयाँ दल राजपालाई स्थापित गर्ने ६ जनै अध्यक्ष मण्डलको योजना थियो । पार्टीको विधान र घोषणापत्र टुङ्गो लागे पनि अध्यक्ष मण्डलका सदस्यबीच विवाद कायमै रहेका कारण दर्ता हुन नसकेको हो । “अध्यक्ष…

प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुन सक्छ : गच्छदार

विराटनगर, १९ असार । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचन अगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताए । विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारेका छन् ।असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको…

बाग्मति फोहोर गर्ने सांसद पोखरेलदेखि तिलगङ्गा अस्पतालसम्मलाई कारबाही

काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकाका नदीमा फोहर फाल्नेविरुद्ध कडा कारबाही थालिएको छ । यसक्रममा अस्पतालदेखि सांसदसमेत कारबाहीमा परेका छन् ।  प्रदूषणमुक्त राजधानी निर्माणको अभियान जारी रहेका बेला नदी किनारमा फोहर फाल्नेहरुलाई तह लगाउन काठमाडौँ र ललितपुर महानगरपालिकाले कारबाही अभियान पनि साथै सञ्चालन गरेका छन् । उक्त अभियानअन्तर्गत बितेका चार वर्षमा एक हजार ३८१ जनालाई कारबाही गरिएको वाग्मती सफाइ महाअभियानका…

प्रहरीमा दुई नयाँ पद , एसपी भन्दामाथि बढुवा हुन विशेष कोर्स अनिवार्य

काठमाडौं, १३ असार । नेपाल प्रहरीमा दुईवटा नयाँ पद थप हुने भएको छ । एकै पदमा धेरै वर्ष काम गर्दा प्रहरी कर्मचारीको मनोवल उच्च नहुनेभएको भन्दै गृह मन्त्रलायले दुईवटा नयाँ पद सिर्जना गर्न लागेको हो । गृह मन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलबार गृह मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्दै गृह प्रशासन सुधार मार्गचित्र प्रस्तुत गर्नुभएको थियो । गृह मन्त्री शर्माले पस्तुत…

निर्वाचन आयोग आफै सुस्त मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार

कपिलवस्तु, १३ असार । भोली हुने स्थानीय तह चुनावमा मौन अवधिमा बालबालिको प्रयोग गरी चुनावी प्रसारप्रचार अभियान त्रिव पारिएको छ ।कपिलवस्तुमा ठूला दलबाटै यस्तो आचारसंहिताको उल्लंघन भएको हो तर निर्वाचन आयोग आफै मौन बसेको आरोप स्थानिय बासीले लगाएका छन् । निर्वाचन आयोगले कुनै प्रकारको टिसर्ट छपाई गरी वितरण गर्न नपाइने नियम बनाएको भए पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी…

चुनावलाई असर पार्ने क्रियाकलाप गर्न पूर्वसन्ध्यामा विप्लव समूहद्वारा थबाङमा जनपरिषद घोषणा

रोल्पा, असार १२ — स्थानीय तहको चुनावको विरोधमा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावको पूर्व सन्ध्यामा रोल्पाको थबाङमा जनपरिषद घोषणा गरेको छ । नेकपाका केन्द्रीय जनसरकार प्रमुख शन्तोष बुढामगरले आइतबार बेलुका थबाङको ठूलोगाउँमा घोषणासभाको आयोजना गरी किताव बुढाको संयोजकत्वमा थबाङ गाउँपालिका स्तरीय जनपरिषदको घोषणा गरेका हुन् । चारजना पछि थप गर्नेगरी १५ सदस्यीय जनपरिषद्…

निर्वाचनलाइ लक्षित गर्दै नारायणगढ–मुग्लिन सडकमा यातायात बन्द नगरिने

चितवन, ११ असार । वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा सोमबारबाट दिउँसोमा पनि यातायात नरोकिने भएको छ । विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि गत चैत १४ गतेबाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यस अघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । गत…

काठमाडौं महानगरको मोबाइल किन्ने निर्णय खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौं ९ असार । काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधिले राज्य कोषबाट मोबाइल फोन किन्ने निर्णयविरुद्ध माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध जुलुस निकालेको छ । क्रान्तिकारीले व्यंग्य स्वरुप काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिलाई एक रुपैयाँ सहयोग संकलन गर्ने घोषणा पनि गरेको छ ।काठमाडौं जिल्ला समितिको आयोजनामा अखिल क्रान्तिकारीले शुक्रबार विरोध प्रदर्शन गरेको हो । प्रदर्शनपछि नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन…

दलीत बस्तिमा निर्वाचनको चहलपहल शून्य, , ठूलाबडाले जता भन्यो त्यतै भोट

रमित बि.क. / बाजुरा ,९ असार । दोस्रो चरणको स्थानिय निकायको निर्वाचनमा बाजुरा जिल्लाका अधिकांस दलित समुदायलाइ चुनावले छोएको छैन् । जिल्लाका अधिकांस नगर तथा गाउँपालिकाका दलित समुदायका व्यतिmले आफहरुुले ढुक्क भएर मत हाल्न नपाएको बताएका छन् । स्वामिकार्तिक गाँउपालिका ३ जुकोट बस्ने ७० बर्षिय नन्दे बि.क. अहिले सम्म पनि आफु स्वतन्त्र रुपमा मतदान गर्न नपाएको बताए । उनले धेरै…

परीक्षा नियन्त्रण कार्यलयको लापर्वाही, पढ्दै नपढेको विषयको नतिजा सार्वजनिक

भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरुको…

स्थानीय तहमा महिलाको राम्रो सहभागिता गराउन जनप्रतिनिधिलाई सूचनाको हकबारे जानकारी

काठमाडौँ, ६ असार । स्थानीय सरकारलाई जिम्मेवार, जवाफदेही, पारदर्शी र सुशासनमैत्री बनाउनका लागि सूचनाको हकका बारेमा यथेष्ठ जानकारी गराउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको ‘स्थानीय निर्वाचनः महिला नेतृत्वमा सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले विधिको शासन र सुशासनमैत्री स्थानीय सरकारको अबधारणालाई मूर्तरुप दिनका लागि स्थानीय जनप्रतिनिधिलाई सूचनको हकबारे जानकारी दिनुपर्ने बताए । सो…

मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन पत्रकारिताको ठूलो भूमिका छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ असार । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारको ठूलो भूमिका रहेको बताए । नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरद्वारा लिखित अंश नामक पुस्तकको आज लोकापर्ण गर्दै उनले भने –“मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले ठूलो भूमिका निर्वाह गरेकोे छ ।”अध्यक्ष प्रचण्डले पत्रकार सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ र प्रशान्त झाद्वारा लिखित…

जाजरकोटमा पोषण सुधार्न बयानब्य लाख रकम

जाजरकोट, ५ असार । जाजरकोट जिल्लामा पोषण संवेदनशील कार्यक्रमका लागि रु ९२ लाख रकमगरिएको छ ।आव २०७३÷७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला…