बहस/छलफल

देउसीको पैसाले समाज सेवा : कम्प्युटर र प्रिन्टर प्रदान

मोरङ, १४ कात्तिक । बेलबारीका चार सामाजिक संघसंस्थाले सामूहिक देउसी भैलो खेलेर संकलन गरेको रु एक लाख ५० हजार ७०१ समाज सेवामा प्रदान गरिएको छ । बेलबारी जेसिज, लायन्स क्लब बेलबारी, युवा जागरण नेपाल र पत्रकार समूह बेलबारीले सामूहिक देउसी खेलेर संकलन गरेको सो रकमबाट ज्येष्ठ नागरिक समाज, बेलबारीलाई एक थान रेफ्रिजरेटर र नेत्रहीन संघ, मोरङलाई एक थान कम्प्युटर र…

आँशु झार्दै गच्छेदार कांग्रेसमा विलिन भए, बहुमत ल्याउने दाबी !

काठमाडौँ, ३० असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । दुबै पार्टीबीचको एकता घोषणा गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दुबै पार्टी एकताका लागि भएको सहमति पत्र सार्वजनिक गरेका थिए । घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं सभापति…

रुपान्तरित संसदको आयु समाप्त, संक्रमणकालिन टुंगिने दलहरुको विश्वास

काठमाडौँ, २८ असोज । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ । आगामी मंसिर १० र २१ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको मनोनयन हुने अघिल्लो दिन शनिबार मध्यरातिदेखि संसद्को अवधि समाप्त हुँदैछ । विसं २०७० मंसिर ४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित ६०१ सदस्यीय संविधानसभा…

संसद्को अन्तिम बैठक जारी, अवधि आजै मध्यरातिदेखि सकिने

काठमाडौँ, २८ असोज । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले जारी छ ।बैठकमा सबै दलका प्रतिनिधिले दलीय आधारमा सम्बोधन गर्दै संविधान जारी भई कार्यान्वयनमा गएको स्थितिमा तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन् । अधिकांश साना दलका नेताको बोल्ने क्रम सकिएपछि प्रमुख दलका शीर्ष नेताले सम्बोधन शुरु भएको छ ।प्रतिनिधिसभा र प्रदेशसभाको…

देउवा सरकार संकटमा, मन्त्रीपरिषद विस्तार रोक्ने शितल निवासको संकेत

काठमाडौँ, २८ असोज । निर्वाचन आचारसंहिता विपरीत भएको मन्त्रीपरिषद विस्तारलाई राष्ट्रपतिले मान्यता नदिने भएकी छन् । उनको यो निर्णय सार्वजनिक भएमा प्रधानमन्त्री शेर बहादुर देउवाको माओवादी मन्त्रीलाई हटाउने योजना अलपत्र पर्नेछ भने मन्त्री बनेका राप्रपा नेताहरु पनि एकदिनका लागि मन्त्री बन्ने पक्का हुनेछ । यसका लागि निर्वाचन आयोगले कडा कदम चाल्नुपर्नेछ भने राष्ट्रपतिले आफ्नो अडान स्पष्ट पार्नु पर्नेछ । बाँकी…

निर्माणका लागि प्रक्रिया नै पूरा नगरी वन फँडानी सुरु, स्थानिय आक्राशीत

दोलखा,४ असोज । पिपुल्स हाईड्रो सहकारी संस्था लिमिटेड जलविद्युत निर्माणका लागि प्रक्रिया नै पूरा नगरी वन फँडानी सुरु गरेको छ ।माओवादी निकट ब्यापारी कृष्ण आचार्य पहलमा पिपुल्स हाइड्रो सहकारी संस्था लिमिटेडले ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माणका लागि बन फँडानी गर्न सुरु गरेपछि स्थानिय आक्राशीत वनेका छन् । आचार्यले वन ऐन विपरीत सरकारले भोगाधिकार नै नदिई वन…

नेपालमा १० बर्षभित्रमा विद्युतीय गाडी चलाउनुपर्ने संकल्प प्रस्ताव संसदमा दर्ता

काठमाडौँ, २ असोज । सांसदहरुले विद्युतीय सवारी साधन चलाउनमा जोड दिएका छन । उनीहरुले अन्तराष्ट्रिय स्तरको विद्यूतीय सवारी साधन चलाउनका लागि आवश्यक तयारी गर्न पनि सरकारलाई आग्रह गरेका छन । काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले काठमाडौँ उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा सोमबार दर्ता समेत गरेका छन । प्रस्तावमा सांसद…

सरकारले सहमति कार्यान्वयन नगरे फेरि अनशन बस्ने डा.केसीको चेतावनी

काठमाडौं,२१ भदौ । पटकपटक अनशन बस्दै आएका डा.गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आज बुधबार दिउँसो सम्मको समय दिएका छन् । ११ औं पटकको अनशन तोडेको २२ दिनपछि उनले बुधबार आज दिउँसो साढे ३ बजेसम्ममा यसअघि आफूसँग भएका सहमति कार्यान्वयन नभए आजै बुधबारदेखि १२ औं पटकको अनसन सुरु गर्ने चेतावनी दिएका छन् । यसअघि गएको साउन ३१ गते…

परराष्ट्रमन्त्री महरा र पाकिस्तानी राजदूतको भेट, हवाई मार्ग प्रमुख प्राथमिकता

काठमाडौँ, १४ भदौ । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच द्धपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा परराष्ट्रमन्त्री महराले दुई देशबीच हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुबै पक्षले पहल गर्नुपर्ने बताए । द्धपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग…

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गरिने

काठमाडौँ, १४ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी…

राजपाको स्थानीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौँ, ९ भदौ । राष्ट्रिय जनता पार्टी राजपाले स्थानीय निर्वाचन प्रयोजनका निम्ति आज ६ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र रहेका छन् । समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेश गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिए । उनले समितिको बैठक आजैबाट…

ह्विप उल्लंघन गर्ने सांसदलाई राप्रपाद्धारा कारबाही गरिने

काठमाडौँ, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मङ्गलबार बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका-संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । बैठकमा प्रमुख…

तत्काल राहतसँगै बाढीपिडितलाई ५ लाख दिन माओवादीको माग

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा मङ्गलबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने निर्णय गरेको हो । प्रवक्ता पम्फा…

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल–भारतबीच ७ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा नेपाल र भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको हो । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको करिब २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । समझदारी अनुसार स्वास्थ्य, सांस्कृतिक…

पार्टीको विभाजन लगत्तै हेटौँडामा राप्रपाको विशेष बैठक शुरु

हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक बिहिबार हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको…