पेशा/व्यवसाय

चीनमा हुने नेसनल कंग्रेसको चुनावका कारण रसुवागढी नाका बन्द

रसुवा,३१ असोज । नेपाल र चीनबीचको एक मात्र व्यापारिक नाका रसुवागढी आजबाट बन्द भएको छ । चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच दिनसम्म नेपाली नागरिकलाई केरुङ जान रोक लगाइएको छ । ब्यापारका लागि केरुङ पुगेका, होटल सञ्चालन गरि बसेका तथा रोजगारीका लागि लामो समयदेखि बसेका सबै खाले नेपालीलाई…

पूँजीबजार सुधारोन्मुख, शेयर बजारमा सामान्य सुधार

काठमाडौं, २९ असोज । आइतबार पूँजीबजार सुधारोन्मुख देखिएको छ । कारोबार भएका सबै समूहमा सुधार आउँदै शेयर बजार परिसूचक नेप्से ८ अंकले बढेर १५ सय १८ विन्दुमा पुग्यो । होटल समूह ३० अंकले, बीमा समूह २६ अंकले, विकास बैंक समूह १३ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ७ अंकको सुधार आयो । यसदिन कारोबार पनि सुधारियो । १…

तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्दै

बर्दिबास, २९ असोज । तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ ।दीपावली र छठ पर्वमा कलश, दियो, गाग्रो र छ्याँची ९ही जमाउने भाँडा र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो । वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा…

पुसको दोस्रो साता पाँचौ बागलुङ महोत्सव हुने

बागलुङ २९, असोज । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौं बागलुङ महोत्सव हुने भएको छ । व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको संघका अध्यक्ष जयराम भारीले बताए । महोत्सव सम्पन्न गर्न अध्यक्ष भारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।…

धितोपत्र बजारमा यस साता एक अर्ब बढीको शेयर कारोबार

काठमाडौँ, २८ असोज । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ ।नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०।०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा…

उतार–चढावबीच बजार बजार परिसूचक नेप्से ४ अंकले उकालो

काठमाडौं, २६ असोज । साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले सकारात्मक रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले उकालो लागेर १५ सय १० कायम भएर थामियो । अघिल्लो दिन पनि ४ अंकजसोले नै उकालो लागेको थियो । अन्य, वाणिज्य बैंक र व्यापार समूह हरियो रहेसँगै नेप्से सकारात्मक रहन पुगेको हो । अन्य समूह ३० अंकले उकालो…

भक्तपुरका किसान तिहारको लागि मखमली फुलको माला बनाउन व्यस्त

भक्तपुर, २५असोज । नेपालीहरुको महान पर्व विजया दशमी पछिको दोस्रो ठूलो चाड तिहार आउन केही दिन बाँकी रहँदा भक्तपुरका किसानलाई मखमली पूmलको माला बनाउन भ्याई नभ्याई भएको छ । मखमली फूल छिटो नसुक्ने भएकाले किसान तिहार आउन केही दिन बाकि हुदा पनि अहिल्यैदेखि माला बनाउन कस्सिएका हुन् । मखमली फुलको खेती गरेका भक्तपुरका किसानको यो वर्षको तिहारको लागि मखमली फुलको…

बाढीले बन्द भन्सार नाका ४९ दिनपछि आज बाट संचालन

विराटनगर,२२ असोज । विराटनगर भन्सार नाका आजदेखि सञ्चालनमा आउने भएको छ । जोगबनी नाका हुँदै भारत लगायत तेस्रो मुलुकमा ४९ दिनपछि आजबाट आयात निर्यात सुरु हुने भएको छ । साउन २८ गते आएको बाढीले जोगबनीको मिरगंजघाटस्थित पूलमा क्षति र्पुयाएपछि मालबाहक सवारी साधन नचल्दा र रेलको पट्री बगाउँदा आयात निर्यात भदौ ४ गते देखि पूर्ण रुपमा ठप्प भएको थियो । पुल…

तिहार र छठलाई लक्षित गरी तत्काल एलपी मुल्य नबढ्ने

काठमाडौ,२२ असोज । भारतीय आयल कर्पोरेसनले खाना पकाउने एलपी ग्यासको मूल्य बढाए पनि नेपालमा तत्काल भाउ नबढ्ने भएको छ । आईओसीले बढेको भाउमा ग्यास पठाए पनि छठ पर्वसम्म ग्यासको मूल्य नबढाउने निगमका निर्देशक सीताराम पोखरेललले बताए । चाडपर्वमा उपभोक्तालाई सहुलियत आवश्यक परेको बेला ग्यासको भाउ बढाउनु उपयुक्त नभएकाले पुरानै भाउमा विक्री गर्ने उनले बताए । अहिले एक सिलिण्डर खाना पकाउने…

फ्रेस हाउस सञ्चालन, मासिक डेढ लाख आम्दानी

पाँचथर, २० असोज । पाँचथरको सदरमुकाम फिदिम बजारमै फ्रेस हाउस सञ्चालन गरेर एक व्यक्तिले मासिक रू एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । फाल्गुनन्द गाउँपालिका–६ का देवराज कुरुम्बाङले दुई वर्षअघि पूर्वाञ्चल फ्रेस हाउस सञ्चालन गरी उक्त रकम कमाउन सफल भएको बताए । बजारमा व्यवस्थित मासु पसल सञ्चालन हुन नसकेको र माग बमोजिमको मासु फ्रेस हाउसले सेवाग्राहीलाई मासु…

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत, पर्यटन क्षेत्रमा सुधार

काठमाडौ,२० असोज । अमेरिकी डलरको भाउ महंगीएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार यो साता अमेरिकी डलरको भाउ महंगीएको हो । नेपाल राष्ट्र बैकले शुक्रवारका लागि एक अमेरिकी डलरको भाउ १ सय ४ रुपैयाँ ५३ पैसा तोकेको छ । साताको सुरुमा डलरको भाउ १ सय ५ रुपैयाँ ११ पैसासम्म पुगेको थियो । लामो समयदेखि डलरको भाउ १ सय…

धादिङमा ५९ हजार २६६ मेट्रिकटन मकै उत्पादन

धादिङ, २० असोज। गत वर्षको तुलनामा यस वर्ष धादिङमा मकै उत्पादन दोब्बरले वृद्धि भएको छ । गएको वर्ष प्रतिहेक्टर जमिनमा १ दशमलव ९७ मेट्रिकटन मकै उत्पादन भएकोमा यस वर्ष भने ३ दशमलव ०७ मेट्रिकटन मकै उत्पादन भएको हो । सरकारले कृषिमा आधुनिकीकरण गरी मकैको उत्पादन बढाउनका लागि धादिङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि मकैको उत्पादनमा वृद्धि भएको हो ।…

११ हजार पर्यटकद्वारा कोशी टप्पुको अवलोकन

इनरुवा, २० असोज । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २ सय ५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३÷०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले बताएका छन् । आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार दुई…

अलैँचीको गुणस्तर सुधार्न किसान र व्यवसायी द्धाराआचारसंहिता

ताप्लेजुङ,२० असोज । ताप्लेजुङमा अलैँचीले भनेजस्तो बजार मूल्य नपाउनुदा उत्पादन घट्न थालेपछि किसान र व्यवसायी दुबै चितिन्न्त भएका छन् । साथै गुणस्तर सुधार्न आचारसंहिता समृत बनाएका छन् । पछिल्लो समय गुणस्तर खस्किँदा बजार प्रभावित बनेकाले किसान तथा व्यवसायीले आचारसंहिता बनाएका हुन् । आचारसंहितामा किसान, व्यवसायी र अलैँचीको उत्पादन तथा व्यवसाय प्रवर्द्धनमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायले पालना गर्ने सर्त उल्लेख…

 मौरी पालनप्रति आकर्षण, गाउँमै उत्पादन गाउँमै खपत

बाग्लुङ,१३ असोज । बाग्लुङको खर्वाङका किसानहरु मौरी पालन व्यावसायतर्फ आकर्षित भएका छन् । बाग्लुङका जंगलमा चिउरी, धाइरोलगायतका मौरीलाई आवश्यक पर्ने फूल प्रसस्त पाइने भएकाले त्यहाँका किसान मौरीपालनतर्फ आकर्षित भएका हुन् । बाग्लुङको बडिगाउँपालिका(२ दगादुनडाँडा खर्वाङका अधिकांश किसानहरु मौरी पालन व्यवसायमा लागेका छन् ।महको बढ्दो माग रहेको र आम्दानी पनि राम्रो हुने भएकाले यस क्षेत्रका प्राय किसानहरु मौरीपालन व्यवसायमा आवद्ध छन…