पेशा/व्यवसाय

हिमाली जिल्ला डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् । जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी…

यस बर्ष धान उत्पादन घट्ने, साउनको बाढी मुख्य कारण

सप्तरी, ६ मंसिर । साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ । धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ । रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र…

धान उत्पादन ह्वात्तै घट्यो, खाद्य संकट हुनसक्ने खतरा

लहान, २५ कात्तिक । गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपाइँको समयमा आएको बाढीपहिरो, धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप समेत बढ्ेकाले गत वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन धान कम…

नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौ,१८ कात्तिक । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो । विकास ऋणपत्र किन्न चाहनेले भोली दिउँसो २ बजेसम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका…

यस वर्ष मुस्ताङबाट ४२ करोडको स्याउ बिक्री

पोखरा, १५ कात्तिक । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको माग अनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १…

कृषिमा आधुनिक प्रविधिको विकास बढ्दै, हालसम्म १० प्रतिशत धान भित्र्याइयो

पोखरा, १५ कात्तिक । ‘आजभन्दा ५ वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो’ स्थानीयवासी बलबहादुर नेपालीले भने । पछिल्ला वर्षमा ट््याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट््याक्टरको प्रयोग गर्न थालेको उनले बताए । कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारा लगायतका स्थानमा यतिखेर कृषकले…

उत्पादित १३ मेगावाट, राष्ट्रिय प्रसारण लाइनमा जोडिने

पोखरा, १४ कात्तिक । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले बताए । कूल रु दुई अर्ब पाँच करोडको लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम…

यस वर्ष धान उत्पादन बढ्ने निश्चित, आर्थिक वृद्धि

काठमाडौं,१४ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस भएको छ । बाढीका कारण यस वर्ष धानको उत्पादन ह्वात्तै घट्ने अनुमान गरिएको छ । यसरी भानको उत्पादन हवात्तै घटेमा आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत गर्नेको जमात पनि हवात्तै भएको छ । विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारी अन्ुसार यसै वर्ष धानले नयाँ रेकर्ड राख्ने अवस्था…

आर्थिक सम्बन्धको विकासलाई महत्व, द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ,१४ कात्तिक । नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरेका हुन् । सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य…

बारामा वर्षासँगै आएको बाढीले धानखेती नष्ट, आलुखेतीमा वृद्धि

कलैया, १३ कात्तिक । बारामा यस वर्ष कुल ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलुखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार गत साउनको अन्तिम सातामा परेको अबिरल वर्षासँगै आएको बाढीले धानखेती नष्ट भएपछि कृषकले थप आलुखेती गरेका थिए । “गत वर्षको तुलनामा यस वर्ष आलुखेतीमा वृद्धि भएको छ,” साहले भने । आलुखेतीका लागि…

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै

तेह्रथुम, १३ कात्तिक । तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ । व्यावसायिक रुपमा चियाखेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताए । तेह्रथुममा उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट…

८० भन्दा बढी मुलुकका नेपाली खानालाई विश्वव्यापीकरण

काठमाडौं,९ कात्तिक । विश्वको ८० भन्दा बढी मुलुकमा फैलिएका नेपाली र तिनले सञ्चालन गर्ने नेपाली रेस्टुराँमार्फत रैथाने नेपाली खानालाई विश्वव्यापीकरण गरिने भएको छ । होटल संघ नेपाल लगायतका संस्थाहरुको पहलमा यो अभियान थालिने भएको हो । हानका अनुसार, हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख ३ महिनाभित्र तयार गर्न एउटा कार्यदल बनाइएको छ । कार्यदलले संकलन गरेको अभिलेख…

अनुदानमा आँधीखोलामा तीन लाख माछाका भुरा छाडियो

स्याङ्जा, वालिङ, १ कात्तिक । गल्याङ नगरपालिकामा पर्ने आँधीखोलामा तीन लाख माछाका भुरा छाडिएको छ ।आँधीखोला मत्स्य विकास सहकारी संस्था, मस्त्य कृषि अनुसन्धान परिषद् र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा माछाका भुरा छाडिएको आँधीखोला मत्स्य विकास सहकारी संस्थाका कार्यबाहक अध्यक्ष छविलाल भुसालले बताए । कालीगण्डकी मत्स्य ह्याचरीद्वारा उत्पादित नेपाल विद्युत् प्राधिकरणको अनुदानमा करिब रु ४५ लाखको लागतमा हाँडे, गर्दी र थ्रेड…

सेयरमा लगानी जानकारी दिन सफ्टवेयर सार्वजनिक

काठमाडौँ, ३१ असोज । सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो । एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण…

शेयर बजार नेप्से आज झण्डै ६ अंकले घट्यो

काठमाडौं, ३१ असोज । शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो । एक समय १५ सय ७४ विन्दुको हाराहारी पुगेको नेप्से त्यसपछि ओरालो लाग्दै १५ सय ६० भन्दा तल झरेको हो । अन्य जलविद्युत र बाणिज्य…