पेशा/व्यवसाय

मुक्तकमैयाको सामूहिक व्यवसाय, माछापालनबाट मनग्य आम्दानी

भीमदत्तनगर, २९ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका-५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दै आएका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती…

भोजपुरमा समानुपातिक तर्फ एमालेको अग्रता, ९ हजार १५ मत बदर

भोजपुर, २६ मंसिर । भोजपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७ सय १० र माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा…

कास्कीमा सुन्तला उत्पादन पाँच प्रतिशतले घट्यो

पोखरा, २६ मंसिर । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए । गत वर्ष ६ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष ६ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको…

सुन्तला उत्पादनमा कमी आएपछि पाल्पाका किसान मर्कामा

पाल्पा, १९ मंसिर । यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् । सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब दुई लाखको सुन्तला…

जाजरकोटमा वर्षेनी धान उत्पादन घट्दै

जाजरकोट, १९ मंसिर । जिल्लामा विगत वर्षको तुलनामा धान उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो । विगत पाँच वर्षमा जिल्लामा गरिएको धानखेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो । पाँच वर्षअघि १० हजार ४०३ मेट्रिक टन धान फलेको थियो । यसवर्ष…

यस्तो छ, नेपाली बजारमा साताको पहिलो दिन सुनको भाउ

काठमाडौँ, १७ मंसिर । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५५ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ भने तोलाको ५५ हजार २ सय रहेको छ । आज चाँदी ७ सय ४० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ २८ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर…

हिमाली जिल्ला डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् । जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी…

यस बर्ष धान उत्पादन घट्ने, साउनको बाढी मुख्य कारण

सप्तरी, ६ मंसिर । साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ । धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ । रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र…

धान उत्पादन ह्वात्तै घट्यो, खाद्य संकट हुनसक्ने खतरा

लहान, २५ कात्तिक । गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपाइँको समयमा आएको बाढीपहिरो, धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप समेत बढ्ेकाले गत वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन धान कम…

नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौ,१८ कात्तिक । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो । विकास ऋणपत्र किन्न चाहनेले भोली दिउँसो २ बजेसम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका…

यस वर्ष मुस्ताङबाट ४२ करोडको स्याउ बिक्री

पोखरा, १५ कात्तिक । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको माग अनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १…

कृषिमा आधुनिक प्रविधिको विकास बढ्दै, हालसम्म १० प्रतिशत धान भित्र्याइयो

पोखरा, १५ कात्तिक । ‘आजभन्दा ५ वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो’ स्थानीयवासी बलबहादुर नेपालीले भने । पछिल्ला वर्षमा ट््याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट््याक्टरको प्रयोग गर्न थालेको उनले बताए । कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारा लगायतका स्थानमा यतिखेर कृषकले…

उत्पादित १३ मेगावाट, राष्ट्रिय प्रसारण लाइनमा जोडिने

पोखरा, १४ कात्तिक । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले बताए । कूल रु दुई अर्ब पाँच करोडको लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम…

यस वर्ष धान उत्पादन बढ्ने निश्चित, आर्थिक वृद्धि

काठमाडौं,१४ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस भएको छ । बाढीका कारण यस वर्ष धानको उत्पादन ह्वात्तै घट्ने अनुमान गरिएको छ । यसरी भानको उत्पादन हवात्तै घटेमा आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत गर्नेको जमात पनि हवात्तै भएको छ । विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारी अन्ुसार यसै वर्ष धानले नयाँ रेकर्ड राख्ने अवस्था…