खेलकुद

एएफसी यू–१९ च्याम्पियनसिपमा नेपाल बहराइनसँग ४ – ० ले पराजित

एजेन्सी, १६ कात्तिक। कीर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । छनोट अन्तर्गत बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल बहराइनसँग ४ – ० ले पराजित भएको हो । किर्गिस्तानको राजधानी बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा बहराइनलाई जित दिलाउन अली हसनले दुई गोल गरे । त्यस्तै बहराइनको जितमा इब्राहिम मुबारक र हुसेनले समान एक–…

कार्तिक चौथो साता ‘दोश्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ हुने

काठमाडौं,१६ कात्तिक । डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा कार्तिक चौथो साता ‘दोश्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ हुने भएको छ । कार्तिक २५ गते र २७ गते उक्त प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगिता त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबर्ड हलमा कार्तिक २५ गते र ईटहरी को ठूलो जनता माविमा कार्तिक २७ गते हुनेछ । प्रतियोगितामा ८ देशका…

भानुभक्त को अध्यक्षतामा खेलकुद पत्रकार मञ्च गठन

सुर्खेत,१४ कात्तिक ।  पत्रकारितामार्फत खेल क्षेत्रलाई अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेका पत्रकारहरुको भेलाले भानुभक्त को अध्यक्षतामा खेलकुद पत्रकार मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् । यस्तै सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, निरक कँडेल र लक्ष्यबहादुर सुनार रहेका…

क्वालिफायर समूह ए को पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसँग २–० ले पराजित

एजेन्सी,१४ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित भएको छ। क्वालिफायर अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल मंगलबार आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको हो। कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि बोरुबाएभ गुल्जिगिटी र शुकुरोभ अलीमार्दोभले गोल गरे। खेलको २२औँ मिनेटमा बोरुबाएभले गोल गर्दै कीर्गिस्तानलाई अग्रता दिलाएका थिए। निर्धारित समयसम्म १–० ले पछि…

एकदिवसीयमा पनि विराट कोहली उत्कृष्ट, भारतलाई श्रृङ्खला

एजेन्सी, कात्तिक १४ । न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृङ्खला भारतले जितेको छ । आइतबार भएको अन्तिम खेलमा ७ विकेटले विजयी भएसँगै भारतले २–१ ले श्रृङ्खला जितेको हो । जितसँगै भारतका कप्तान विराट कोहली एकदिवसीय व्याट्सम्यानमा महान व्याट्सम्यान सचिन तेन्दुलकारको रेकर्ड तोड्न सफल भएका छन् । उनी टी–ट्वेन्टीका पनि एक नमबर व्याट्सम्यान हुन् । उनकै कप्तानीले भारत टेस्टको नम्बर एक टिम…

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कात्तिक १७ देखि हुने

नुवाकोट, १३ कात्तिक । यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले बताए । प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी र…

राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता कात्तिक १७ देखि सुरु

नुवाकोट, १३ कात्तिक । यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रिय स्तरका सिनियर र जुनियर दुवै तर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले जानकारी दिए । प्रतियोगितामा साविकको ५ विकास क्षेत्र, नेपाल आर्मी क्लब,…

एसीसी यू–१९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, कात्तिक । एसीसी यू–१९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् । एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट तीन खेलाडी परिवर्तन भएका छन् । यसअघि टिममा…

लिग लिडर बार्सिलोनाको अर्को जित, बिल्बाओ १–० गोलले पराजित

एजेन्सी, १२ कात्तिक । अपराजित रहेको बार्सिलोनाले अर्को जित हात पारेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सी र पाउलिन्होले गोल गरे । जितपछि उसको १० खेलबाट २८ अंक भएको छ ।

श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

एजेन्सी,११ कात्तिक । श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । यसअघि पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तानले जित हासिल गरेको थियो । युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए । पहिले ब्याटिङ गरेको…

पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा श्रीलंका ७ विकेटले पराजित

एजेन्सी, १० कार्तिक । पाकिस्तानसँगको पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा श्रीलंका ७ विकेटले पराजित भएको छ । दुवइमा गएराति भएको खेलमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी रहँदै ३ विकेट जाँदा भेट्टाएको हो । टस हारेर ब्याटिङमा आएको श्रीलंकाले १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमाएको थियो । श्रीलंकाका ७ जना…

नेपाली यू–१९ टोली बंगलादेश जाँदै, घरेलु टोलीसँग ३ म्याच खेल्ने

काठमाडौं,९ कात्तिक । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए । खेल…

सिटीको च्याम्पियन्स लिगमा विजयी यात्रा कायम

एजेन्सी,१ कात्तिक । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रा कायम राखेको छ । समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लब नापोलीलाई २–१ ले हराउदै लगातार तेस्रो जित दर्ता गरेको छ । सिटीको जितमा रहिम स्ट्रर्लिङ र गाब्रिएल जिससले गोल गरे । नापोलिका लागि एमाडु डिएवाराले एक गोल फर्काए…

रियल मड्रिड च्याम्पियन्स लिग फुटबल खेलमा टोटनह्यामसँग बराबरीमा

एजेन्सी, १ कात्तिक । युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ । समूह ‘एच’ अन्तर्गत भएको खेलमा स्पेनिस च्याम्पियन रियल मड्रिडलाई इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामले १–१ को बराबरीमा रोकेको हो । रियलको मैदानमा भएको खेलमा २८ औं मिनेटमा घरेलु टिमका राफाएल वारानेले आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लियो ।…

विश्व कप छनोटका लागि इटालीले स्विडेनसँग प्ले अफ खेल्ने

एजेन्सी,३१ असोज । चारपटकको विश्व कप विजेता इटालीले अर्को वर्ष रसियामा आयोजना हुने विश्व कप प्रवेशका लागि स्विडेनसँग प्ले अफ खेल्नुपर्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले मंगलबार निकालेको ‘ड्र’ मा इटालीले प्लेअफमा स्विडेनसँग खेल्नुपर्ने भएको हो । स्विडेन समूह ‘ए’ को उपविजेता हो भने इटाली समूह ‘जी’ को उप विजेता हो । समूह ‘बी’ मा स्वीडेन…