खेलकुद

म्यानमारलाई ३ सय ३७ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३ सय ५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै…

आगामी साफ च्यापियनसिप फुटबल बंगलादेशमा हुने

काठमाडौँ, २७ मंसिर । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । हरेक दुई/दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६…

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा हङकङ नेपालद्धारा ४ विकेटले पराजित

एजेन्सी, २६ मंसिर । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा मंगलबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १ सय ३३ रनले पराजित गरेको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर…

उडान भरेको ५० औं वर्षको अवसरमा थाई एयरवेज गल्फ शनिबार

काठमाडौं,२० मंसिर । थाई एयरवेजले नेपालमा उडान भरेको ५० औं वर्षको अवसरमा शनिबार एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता रोयल नेपाल गल्फ क्लब आरएनजीसी मा हुने जानकारी गराएको हो । थाई एयरवेजले करिब ३० वर्षपछि फेरि गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । यसवर्षदेखि हरेक वर्ष क्यालेन्डरमै थाई एयरवेज गल्फ प्रतियोगिता…

५० ओभरमा ६ विकेट गुमाएका नेपालले युएइलाई दियो २ सय २२ रनको चुनौती

काठमाडौँ, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले युएइलाई २ सय २२ रनको लक्ष्य दिएको छ । युएईको अबुधावीमा टस हारेर व्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो । नेपालका लागि शरद भेषवाकरले अविजित ८१ रनको योगदान दिए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान…

च्याम्पियन्स लिग : बार्यन म्युनिखसँग हारेपनि समुह विजेता बन्यो पिएसजी

एजेन्सी, २० मंसिर । बार्यन म्युनिखनले पेरिस सेन्ट जर्मेनलाई च्याम्पियन्स लिग फुटबलमा पराजित गरेको छ । पिएसजीको मैदानमा ३–० गोलको बदला लिदै बुधबार बिहान घरेलु मैदानमा बार्यनले उसलाई ३–१ ले पराजित गरेको हो । बार्यनको जितमा कोरेन्टिन टोलिसोको दुई र रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । हार व्यहोरेपनि पिएसजी हेड टु हेडका आधारमा समुह विजेता बनेको छ । बार्यन भने उपविजेतामै…

सुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला बन्छ – सचिव दाहल

दाङ, १८ मंसिर । जिल्लाको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला निर्माण गरिने भएको छ । मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि यहाँ आएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने गरी काम थाल्ने बताएको हो । जिल्लाको खेलकुद विकास र विस्तारका लागि बहुउद्देश्यीय रंगशाला निर्माणको गुरुयोजना…

१२ टिमको सहभागितामा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि सुरु

पोखरा, १७ मंसिर । रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लबद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक/एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको…

एसीसी यू–१९ एसिया कप  : नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

काठमाडाँै, २८ कात्तिक । मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५।३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५।३ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले…

यु–१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित

एजेन्सी,२५ कात्तिक । मलेसियामा जारी यु–१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ –लुइस प्रणाली डिएलएस मार्फत २ विकेटको जित हात पारेको हो । बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो ३३० र पिनाक घोस २५० ले…

एसीसी अन्डर नाईन्टिन एसिया कप आजदेखि मलेसियामा सुरु

काठमाडौं, २४ कार्तिक – एसीसी अन्डर नाईन्टिन एसिया कप आजदेखि मलेसियामा सुरु हुँदैछ । एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत भारत र मलेसिया, पाकिस्तान र अफगानिस्तान तथा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा रहेको नेपालले भने भोलीे बंगलादेशविरुद्ध खेल्दै एसीसी अन्डर नाईन्टिन एसिया कपको सुरुआत गर्नेछ । नेपाल र बंगलादेश दुवैले एकअर्कासँग तीनवटा अभ्यास खेल…

अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजबाट सुरु

चरिकोट, २३ कात्तिक । यो वर्षको एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि दोलखाको जिरीबाट सुरु भएको छ । जिरी नगरपालिकाका प्रमुख टंक जिरेल र नेपाल पर्यटन विभागका अधिकृत नारायण भट्टराईले संयुक्तरुपमा सो प्रतियोगिताको उद्घाटन गरे । सातौँ एभरेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका ४१ जना धावकको सहभागिता रहेको छ । तीमध्ये नौजना महिला र ३२…

ला लिगाको गोल्डेन बुट जित्ने रोनाल्डोको दाबी

एजेन्सी,२३ कात्तिक । रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगाको गोल्डेन बुट आफुले नै जित्ने भन्दै क्लबका अन्य खेलाडीसँग बाजी राखेको खुलासा भएको छ । यद्दपी सिजनमा उनको सुरुआत भने राम्रो हुन सकेको छैन । उनका प्रतिस्पर्धी मानिएका लियोनल मेस्सी भन्दा रोनाल्डो यो सिजन ११ गोलले पछि रहेका छन् । रोनाल्डोलाई विश्व फुटबलमा बलियो मनोबलको खेलाडी मानिन्छ । त्यसैले सोचे…

प्रिमियर लिगः आज उपाधि दाबेदारहरु भिड्दै

एजेन्सी, १९ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गरे भने जोएल माटिप र अक्सलेड चेम्बरलीनले एक–एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर…

नेपालको एसिया कप छनौट सम्भावना सकियो, युएईसँग पराजित

काठमाडौं,१८ कात्तिक । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपाल युएईसँग १–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनौट सम्भावना सकिएको छ । युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । नेपालले पाएका केही राम्रा अवसर सदुपयोग हुन सकेन । नेपालले ८९ औँ मिनेटमा पाएको पेनाल्टीलाई पनि गोलमा…