अन्तर्राष्ट्रिय

लस एजेन्लसका लागि उडेको विमान दुर्घटनाबाट बच्यो

एजेन्सी, १५ असोज । फ्रान्सको पेरिसबाट अमेरिकाको लस लन्जेलसका लागि उडेको एअर फ्रान्सको एअरबस ए थ्री–एट्टी विमानको इन्जिनमा खराबी आएपनि दुर्घटनाबाट बचेको छ । चार इन्जिन मध्ये विमानको एउटा इन्जिन एटलान्टिक महासागरको बीचमा रहेको पश्चिमी ग्रीनल्याण्डको आकाशमा पुग्दा बिग्रिएको थियो । तीन वटा इन्जिन चलेको अवस्थामा विमान क्यानडाको गोस वे विमानस्थलमा अवतरण गरिनुअघि करिब एक घण्टा उडेको थियो । ४…

बंगलादेशको समुद्री तटमा डुंगा दुर्घटना, १४ जना रोहिंग्याको मृत्यु

एजेन्सी, १३ असोज । बंगलादेशको समुद्री तटमा डुंगा दुर्घटना हुँदा १४ जना म्यानमारका रोहिंग्याको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा ९ जना बालबालिका र ५ महिला छन । समुद्रमा डुबेको कुनै वस्तुमा ठक्कर खाएर डुंगा पल्टिएको उद्धार गरिएकाहरुले बताएका छन । डुंगामा ४० जना थिए । तीमध्ये धेरैलाई उद्धार गरेर बचाइएको थियो । पछिल्लो २ दिनमा बंगलादेशमा…

गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम फिर्ता

एजेन्सी,११ असोज । विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु…

सडक दुर्घटनामा १२ व्यक्तिको मृत्यु, ११ जना घाइते

एजेन्सी,११ असोज। चीनको एक राजमार्गमा भएको सडक दुर्घटनामा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।मंगलबार एउटा ट्रकले अर्को लेन र विपरीत दिशाबाट लस्करै आइरहेका तीनओटा मिनीबसलाई ठक्कर दिँदा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका हुन् । राजधानी बेइजिंग र औद्योगिक महानगरी जोडिने लामो राजमार्गमा पर्ने हेनान प्रान्तस्थित जिनजियांगमा मंगलबार बिहान सो…

जर्मनीको चान्सलरमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित

एजेन्सी,९ असोज । जर्मनीको चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी छन् । जर्मनीमा भएको चुनावमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनी निर्वाचित भए पनि संघीय चुनावमा उनको पार्टी कन्जरभेटिभ सिडियु÷सिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन । उनको पार्टीले ३२ दशमलव ५ प्रतिशत मत ल्याउँदै संसद्को पहिलो पार्टी बन्ने देखिएको सर्वेक्षणहरुले देखाएका छन् । यसले…

म्यानमारमा हिन्दु समुदायको २८ जनाको सामूहिक चिहान फेला

एजेन्सी,९ असोज  । म्यानमारमा हिन्दु समुदायको सामूहिक चिहान फेला परेको त्यहाँको सेनाले जनाएको छ । चिहानमा २८ जनाको शव फेला परेको जनाइएको छ । सरकारी अधिकारीहरुका अनुसार अधिकांश शव महिलाको छ । म्यानमार सरकारले शव फेला परेकाहरु हिन्दु धर्मावलम्बी रहेको र उनीहरुको हत्या रोहिंग्या विद्रोहीबाट भएको दावी गरेको छ ।म्यानमारको रखाइन प्रान्तमा सामूहिक चिहान भेटिएको बताइएको छ । सो प्रान्तमा प्रवेशमा…

बेलायतमा एसिड आक्रमणमा ६ जना घाइते

एजेन्सी,८ असोज । बेलायतमा एसिड आक्रमणमा ६ जना घाइते भएका छन् । बेलायतको उत्तरी क्षेत्रमा पर्ने स्टार्टफोर्डको ब्यस्त बजारमा दुई युवा समूहबीच भनाभन भएपछि एसिड प्रहार गरिएको हो । घटनामा संलग्न भएको आरोपमा १५ बर्षीय एक बालक पक्राउ परेका छन् । घाइते ६ जना विभिन्न देशका युवा हुन् ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ…

इरानले मध्य दुरीको नयाँ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

एजेन्सी, ७ असोज । इरानले मध्य दुरीको नयाँ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद इरानले क्षेप्यास्त्र परीक्षणको दाबी गरेको हो । परीक्षण गरिएको खोरमशार क्षेप्यास्त्रले २ हजार किलोमिटरको दुरीसम्म मार हान्न सक्ने स्थानीय संचारमाध्यमले जनाएका छन् । यद्यपी, परीक्षणको समयबारे भने स्पष्ट पारिएको छैन । इरानले सो क्षेप्यास्त्र सैन्य परेडका क्रममा प्रर्दशन…

मेक्सिकोमा फेरी ६ दशमलव २ शनिबार फेरि भूकम्प

एजेन्सि, ७ असोज । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६ दशमलव २ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ । मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ । गत बिहीबार मेक्सिकोको…

पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई खण्डन

उरुम्की, ५ असोज । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ति अभ्यास नियमित भएको जनाएको छ । चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, ‘कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफबाह नफैलाउनु राम्रो कुरा हुनेछ ।’…

भारतमा राजनीति विषयमा समाचार लेख्ने पत्रकारको हत्या

एजेन्सि,५ असोज । भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना पत्रकारको हत्या भएको छ । सानतानु भौमिक नाम गरेका ती पत्रकारको कुटेर हत्या गरिएको भारतीय अधिकारीले जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएकोे थियो । भौमिकले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक…

अमेरिकी राष्ट्रपति ट्रम्प र कतारका राजा थानीबीच भेटवार्ता

एजेन्सी,४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावकाबारेमा सो भेटवार्ता केन्द्रित भएको हो । कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन् । उनीहरुले आफ्नो आकाशमा कतार एअरवेजलाई उड्न पनि अनुमति नदिएको बताए । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका कतारका राजा थानी…

मेक्सिकोमा शक्तिशाली भूकम्पमा २ सय ४८ जनाभन्दा बढीको मृत्यु

एजेन्सी ४असोज । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर २ सय ४८ जनाभन्दा बढीको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्निच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको सहरका धेरै घर ध्वस्त भएका छन् । विद्यालय भवन भत्कँदा २० जना बालबालिकाको मृत्यु भएको छ भने ३० भन्दा बढी हराइरहेका छन् । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको…

संयुक्त राष्ट्रसंघको प्रतिबन्धले परमाणु कार्यक्रम झनै बढ्ने चेतावनी

एजेन्सी,३ असोज । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धले परमाणु कार्यक्रम झनै बढ्ने चेतावनी दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको निर्णयको कडा शब्दमा निन्दा पनि गरेको छ । यसलाई अनैतिक र अमानवीय तथा शत्रुपुर्ण कदम भनेको बीबीसीको समाचारमा जनाइएको छ । यो बीचमा अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धिपमा संयुक्त अभ्यास तथा शक्ति प्रदर्शन पनि गरेका छन् ।…

मुम्बईको आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन २’ को सेट जलेर नष्ट

काठमाडौं, असोज १ । भारतको मुम्बईस्थित आरके स्टुडियोमा आगलागी भएको छ ।आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियोको निर्माण गरेका थिए । आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो । यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा…