अन्तर्राष्ट्रिय

अभिनेत्री हिथर लिन्डद्वारा जर्ज बुसमाथि यौन उत्पीडनको आरोप

एजेन्सी ९ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् । ९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् । हिथरले जर्ज बुस सिनियरमाथि सामाजिक सञ्जाल…

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु

एजेन्सी,१ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु हुने भएको छ । कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ । बैठकले २ सय केन्द्रीय समिति…

प्रहरी तालिम केन्द्रमा आत्मघाती आक्रमण, ३३ जनाको मृत्यु, १६० घाइते

अफगानिस्तान,३१ असोज । अफगानिस्तानको पूर्वी गार्देज शहरस्थित प्रहरी तालिम केन्द्रमा तालिवान लडाकुले गराएको आत्मघाती आक्रमणमा परि कम्तिमा ३३ जनाको मृत्यु भएको छ । आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका एकजना प्रवक्ताले आक्रमणमा १६० भन्दा बढी घाइते भएको बताएका छन् । उनका अनुसार…

इराकको सरकारी सैन्य बलले किर्कुक सहर नियन्त्रणमा लियो

इराक, असोज ३१ । इराकको सरकारी सैन्य बलले विवादित शहर किर्कुकलाई नियन्त्रणमा लिएको छ । किर्कुक शहर बाहिरका महत्वपूर्ण संरचनामाथि नियन्त्रण गर्दै सरकारप्रति वफादार सैनिक केन्द्रीय इलाकामा समेत प्रवेश गरेका छन् । कुर्द सैनिकलाई धपाउँदै इराकी सेना शहर प्रवेश गरेपछि त्यहाँका हजारौं बासिन्दा भागेका छन् । इराकी सेनाले शहरको केन्द्रमा रहेको प्रशासनिक भवनमा पनि नियन्त्रण कायम गरेको जनाएको छ ।…

अस्ट्रियाका कुर्ज विश्वकै कान्छा राष्ट्रपति बन्न सफल, पानीमा पनि हिड्न सक्ने क्षमता

एजेन्सी, ३० असोज । अस्ट्रियाले लामो समयपछि एक उर्जावान युवालाई राष्ट्रपति पाएको छ । पिपुल्स पार्टीका सेबस्टियन कुर्ज ३१ बर्षकै उमेरमा राष्ट्रपति बनेका हुन् । उनी विश्वकै सबैभन्दा कान्छा राष्ट्रपति हुन् । आइतबार राती भएको चुनावमा कुर्जको पार्टीले ३१ प्रतिशत बढी मत हासिल गरेर राष्ट्रपति पाएर जित हात पारेको हो । उनको पार्टीपछि सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच प्रतिष्पर्धा देखिएको…

शृङ्खलाबद्ध विस्फोट ३० जनाको मृत्यु, सय भन्दा बढी घाइते

एजेन्सी,२९ असोज । सोमालियाको मोगादिसुमा भएका शृङ्खलाबद्ध विस्फोटमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ । मोगादिसुस्थित एक होटलको प्रवेशद्वारमा पहिलो बिस्फोट भएको थियो भने दोस्रो बिस्फोट मोगादिसुकै भीडभाड इलाकामा भएको हो । बिस्फोटमा सय भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बिस्फोटक पदार्थले भरिएको ट्रक भीडभाडमा चलाइँदा बिस्फोट…

कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी २९ जना लडाकू मारिए

एजेन्सी,२६ असोज । अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ । अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी २९ जना लडाकू मारिएका हुन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ ।अफगानिस्तानको गृह…

दुई समूहबीच विवाद, झडपमा परी कम्तीमा १३ को मृत्यु

एजेन्सी,२५ असोज । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूहबीच झडप भएको जानकारी दिएका छन् । सो कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौंको मृत्यु भइसकेको उनले बताएका छन्…

डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए

एजेन्सी,२५ असोज । अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तीव्रगतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ । गत आइतबार रातिदेखि लागेको भीषण डढेलोमा परी १५ जनाको ज्यान गएको जनाइएको छ । साथै, यसबाट अरु पनि कैयौं हराइरहेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेको र यसैका कारण झन् बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको…

रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन, विपक्षका २ सय ५० सर्मथक पक्राउ

एजेन्सी,२२ असोज । रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन विरोध प्रदर्शन गरिएको छ ।रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् । नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । विरोध प्रदर्शनको मूख्य थलो सेन्ट पीटर्सबर्गमा झडप हुँदा दर्जनौं गिरफ्तार गरिएको बताइएको छ ।…

बस र रेल एक आपसमा ठोक्किदा, १९ जनाको ज्यान गयो

एजेन्सी,२० असोज । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किदा १९ जनाको मृत्यु भएको हो । यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । स्थानीय समायानुसार…

चीनले अक्टोबरको सुरुदेखि आपूर्तिको मात्रा घटाउने

एजन्सी,१९ असोज । चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ ।चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । चिनियाँ वाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तररूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ । सोही नाकाबन्दीस्वरुप चीनले…

कश्मिरको सैनिक शिविरमा आक्रमण, दुई जना घाइते

एजेन्सी, १७ असोज । भारत प्रशासित कश्मिरको एउटा सैनिक शिविरमा विद्रोहीले आक्रमण गरेका छन् । बिहान भएको आक्रमणमा भारतीय सीमा सुरक्षा बलका दुई जना घाइते भएका बीबीसीले जनाएको छ । भारतीय सुरक्षाकर्मीले गरेको कारवाहीमा एक आक्रमणकारी मारिएका र दुई जना भागेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । श्रीनगरको अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकैको सैनिक शिविरमा ३ जना विद्रोहीले आक्रमण गरेका थिए ।…

अमेरिकाको लस भेगासमा अन्धाधुन्द गोली चल्दा ५० जनाको मृत्यु, ४ सय घाइते !

एजेन्सी, १६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली चल्दा ५० जनाको मृत्यु भएको छ । ४ सय जना घाइते भएका छन । लस भेगासमा रहेको एक क्यासिनोमा नजिकै सांगितिक कार्यक्रम चलिरहेका बेला अन्धाधुन्द गोली चलेको थियो । तर प्रहरीले गोली चलाउने मानिसको जवाफी गोली फाइरिङमा मृत्यु भएको दाबी गरेको छ । मृत्यु हुने धेरै जनामा क्यासिनोकै सुरक्षागार्ड रहेका छन ।…

अन्धाधुन्ध गोली,५० जनाको मृत्यु, २ सय भन्दा बढि घाइते

एजेन्सी,१६ असोज । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध प्रहार हुँदा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । घटनामा घाइते हुनेको संख्या पनि दुई सय जनाभन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो । होटल ३२ औँ तलबाट आक्रमणकारीले अन्धाधुन्ध…