अन्तर्राष्ट्रिय

टेलिभिजनमा कन्डमको विज्ञापन प्रशारण गर्न मनाही

एजेन्सी, २८ मंसिर । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ । भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मंगलवार…

विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ २८ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर…

प्रहरी पोष्टमा आक्रमण २२ जना प्रहरीको मृत्यु,उच्च सैनिक सतर्कता

एज्ेनसी,२८ कात्तिक । फगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक प्रहरी पोस्टमा मङ्गलबार तालिबानको आक्रमणबाट २२ जना प्रहरी मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको छ। दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान प्रहरी पोस्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए। सो आक्रमणमा परी अरु दर्जनौँ घाइते थिए। सो क्षेत्रमा मङ्गलबार बिहानदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ। उक्त प्रहरी पोस्ट हाल…

भूकम्पका कारण ४०० इरानीको मृत्यु, ६६ हजार घाइते

तेहरान, २८ कात्तिक । इरान र इराकमा गएको भूकम्पमा परी कम्तीमा ४०० सय जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७।३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले…

पाकिस्तानमा बस दुर्घटनामा २२ जनाको मृत्यु, ५१ घाइते

एजेन्सी,२३ कात्तिक । पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । पन्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई…

भ्रष्टाचारको आरोपमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ

एजेन्सी,१९ कात्तिक । भ्रष्टाचारको आरोपमा साउदी अरबका ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ परेका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । त्यसैगरी उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ मा आएको बाढी र सन् २०१२ मा मर्स भाइरसको संक्रमणका बेला…

यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट, ठूलो विस्फोट

एजेन्सी, १९ कार्तिक – साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ । शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो। राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स–साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले जनाएको छ । यमनस्थित हुथी विद्रोही सम्बद्ध टीभी च्यानलले जनाए अनुसार क्षेप्यास्त्र किङ खालिद अन्तर्रा्ष्ट्रिय विमानस्थल लक्षित थियो ।…

चुरोट नखाने कर्मचारीलाई विशेष सुविधा योजना सुरु, हालसम्म ४ जनाले छाडेँ

१५ कात्तिक । जापानको एक व्यावसायिक कम्पनीले चुरोट नखाने कर्मचारीका लागि विशेष सुविधा दिएको छ ।  टोकियोमा रहेको पिआला कम्पनीले चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा दिनुपरेको…

टाउको जोडिएका जुम्ल्याहामध्ये एक बालकको होस खुल्यो

१३ कात्तिक । भारतमा टाउको जोडिएर जन्मिएका नाबालकको टाउको छुटाउन भएको शल्यक्रियाको चौथो दिन एक बालकले आँखा खोलेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्राध्यापक दिपक गुप्ताले जागा नाम गरेका बालकले आँखा खोलेको र सामान्य खालका प्रतिक्रियाहरु जनाएको बताएका हुन् । जागा अहिले भेन्टिलेटरमा छन् र मृगौलामा समस्या देखिएकाले उनलाई दैनिक डायलाइसिस गर्नुपर्नेछ । जागाका जुम्ल्याहा कालिया भने अझै होसमा…

क्याटलोनियाको संसद भंग, प्रहरी प्रमुखलाई समेत बर्खास्त

एजेन्सी, ११ कार्तिक । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटलोनियाको संसद भंग गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् । क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोयले त्यहाँको संसद् र सरकार भंग गरेका हुन । उनले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेका छन् । क्याटलान संसद भंग गर्दै प्रधानमन्त्री…

अमेरिकी राष्ट्रपति ट्रम्प द्धारा तत्काल संकटकालको घोषणा

एजेन्सी, १० कार्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई राष्ट्रिय लज्जा भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन । ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन । यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको वताइएको छ ।…

अभिनेत्री हिथर लिन्डद्वारा जर्ज बुसमाथि यौन उत्पीडनको आरोप

एजेन्सी ९ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् । ९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् । हिथरले जर्ज बुस सिनियरमाथि सामाजिक सञ्जाल…

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु

एजेन्सी,१ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु हुने भएको छ । कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ । बैठकले २ सय केन्द्रीय समिति…

प्रहरी तालिम केन्द्रमा आत्मघाती आक्रमण, ३३ जनाको मृत्यु, १६० घाइते

अफगानिस्तान,३१ असोज । अफगानिस्तानको पूर्वी गार्देज शहरस्थित प्रहरी तालिम केन्द्रमा तालिवान लडाकुले गराएको आत्मघाती आक्रमणमा परि कम्तिमा ३३ जनाको मृत्यु भएको छ । आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका एकजना प्रवक्ताले आक्रमणमा १६० भन्दा बढी घाइते भएको बताएका छन् । उनका अनुसार…

इराकको सरकारी सैन्य बलले किर्कुक सहर नियन्त्रणमा लियो

इराक, असोज ३१ । इराकको सरकारी सैन्य बलले विवादित शहर किर्कुकलाई नियन्त्रणमा लिएको छ । किर्कुक शहर बाहिरका महत्वपूर्ण संरचनामाथि नियन्त्रण गर्दै सरकारप्रति वफादार सैनिक केन्द्रीय इलाकामा समेत प्रवेश गरेका छन् । कुर्द सैनिकलाई धपाउँदै इराकी सेना शहर प्रवेश गरेपछि त्यहाँका हजारौं बासिन्दा भागेका छन् । इराकी सेनाले शहरको केन्द्रमा रहेको प्रशासनिक भवनमा पनि नियन्त्रण कायम गरेको जनाएको छ ।…