केन्यामाथि नेपालको ३ विकेटको जित ! विश्वकप छनौट खेल्न पाउने

२९,सोमबार १४:५७   Sangita Rai

काठमाडौँ, २९ माघ । नेपालले आफ्नो तेश्रो खेलमा केन्यालाई ३ विकेटले हराएको छ । उसले दिएको १ सय ७८ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ७ विकेट गुमाएर भेट्टाउदै ३ विकेटको जित हात पारेको हो ।

जितसंगै नेपाल केही समयका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । र विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनेको छ ।