केन्याविरुद्ध सन्दीपका ५ विकेटलाई आइसिसीले लिस्ट ए मा उत्कृष्ट भन्यो !

२९,सोमबार १४:४७   Sangita Rai

काठमाडौं, १९ माघ । आइसिसीले केन्याविरुद्ध ५ विकेट लिएका सन्दीप लामिछानेलाई उत्कृष्ट लेग स्निपर बलर भनेर प्रसंशा गरेको छ ।

विश्व क्रिकेट लिग डिभिजन टु मा सन्दीपले केन्याका ५ विकेट लिएपछि नेपाल र उनको प्रशंसा गरेको हो । आइपिएलमा दिल्ली डेभर डेभिल्संर्सग आबद्ध सन्दीपलाई एक विश्व उत्कृष्ट बलर हुन सक्ने सम्भावना भएको क्रिकेटर भनेको छ ।

सन्दीपकै उत्कृष्ट बलिङमा नेपालले केन्यालाई १ सय ७७ रनमै रोकेको थियो । नेपालले जवाफी व्याटिङमा राम्रो प्रदर्शन गरिरहेको छ । सम्भवतः नेपाल जित नजिक छ ।

केन्याविरुद्ध सन्दीपले १० ओभरमा ५ मेडन राख्दै ५ विकेट लिदा २० रन मात्रै खर्चेका थिए । सन्दीपको बलिङलाई आइसिसीले लिस्ट ए मान्यता प्राप्त बलिङको पनि संज्ञा दिएको छ ।