केन्याविरुद्ध जितको खोजीमा मध्यक्रमका व्याट्सम्यान !

२९,सोमबार १४:२४   Sangita Rai

काठमाडौँ, २९ माघ । विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत केन्याविरुद्ध नेपाली मध्यक्रमका व्याट्सम्यान जित निकाल्न कडा मेहनत गरिरहेका छ्न ।

पारस खड्का ४२ रन बनाएर आउट भएपछि जित निकाल्न मध्यक्रमका नेपाली व्याट्सम्यान कडा मेहनत गरिरहेका हुन् ।

क्रिजमा रहेका रोहित पौडेल र आरिफ शेख धेरै बल खेलेर थोरै रन जोडेपनि रन बटुल्न भने निकै मेहनत गरिरहेका छ्न ।

नेपालले ५ विकेट गुमाएर १ सय १६ रन बनाएको छ । क्रिजमा रोहित पौडेल र आरिफ शेख अझै जितका लागि झण्डै ६० रन जोड्न लागिपरेका छ्न ।

ज्ञानेन्द्र मल्ल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, शरद भेषावाकर सस्तैमा आउट भएपछि नेपाल दबाबमा आएको छ । यद्यपी सोमपाल कामी, बसन्त रेग्मी जस्ता अलराउण्डर बाँकी रहेकाले नेपालले जित निकाल्ने आश छ ।

अंकतालिकाको दोश्रो स्थानमा रहेको नेपालले आजको खेल जिते शीर्ष २ स्थानमा पर्दै विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाउनेछ ।