एमालेबाट समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट

२८,आईतवार १३:२०   Sangita Rai

काठमाडौं २८ माघ । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ ।पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् । अन्तिम ४१ औं नम्बरमा समिना हुसेनको नाम छ । एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।

समानुपातिकमा एमालेबाट यसअघि थरुहट पार्टीबाट सभासद बनेकी गंगा चौधरी सतगौंवा पनि परेकी छन् । त्यस्तै अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट सांसद बन्न सफल भएका छन् ।