महानगरका भित्री भागमा सवारी व्यवस्थापन हुँदै

२८,आईतवार ०८:५०   Sangita Rai

ललितपुर, २८ माघ । महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।

पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

काठमाडौ सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल यात्रुले समेत सास्ती भोग्दै आएका छन् । पाटन दरबार क्षेत्रमा निश्चित समयबाहेक अन्य बेला सवारी साधन नै चल्न नदिने गरी तयारी भइरहेको महानगर प्रमुख महर्जनले बताए ।

केही वर्ष पहिलेदेखि ग्वार्खोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटामा ‘वान वे’ पद्धति लागू छ ।