विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पहिलो खेलमा नेपालको जित

२५,बिहीबार १६:२२   Sangita Rai

काठमाडौँ,२५ माघ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको पहिलो खेलमा नेपालले नामिवियामाथि एक विकेटको जित हात पारेको छ ।

एकसय ३९ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । नेपालका लागि बसन्त रेग्मीले २४ बलमा नटआउट २४ रन बनाउनु निर्णायक सावित भयो । पहिलो इनिग्समा सन्दिप लामिछानेले ४ विकेट लिएपछि नामिविया एकसय ३८ रनमा अलआउट भएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेपछि नेपाल र नामिबिया डिभिजन २ मा खेलेका हुन् । यी दुईसँगैं च्याम्पियनसिपबाट झरेका केन्या र युएई सहित डिभिजन ३ बाट शीर्ष दुई बनेर आएका ओमान र क्यानाडाले नामिबियामा प्रतिस्पर्धा गर्नेछन्। डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने भएका छन्।