लागुऔषध ओसारपसारमा संलग्न एभरेष्ट होटलका मालिक मस्कुर पक्राउ

२५,बिहीबार ०९:२७   Sangita Rai

काठमाडौँ,२५ माघ । लागुऔषध ओसारपसारमा सलग्न एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट लारीलाइ पक्राउ गरेको प्रहरीले बताएको छ ।

मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सल भित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी फरार थिए।हुदा मस्कुर नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा थिए।

उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्व सम्बन्धी मुद्दा जितेका थिए। एभरेष्ट होटेल २०७२ को भूकम्प पछि बन्द छ।