सुर्खेतमा प्रदेशसभाका पाँच जना दलित सांसद सम्मानित

२४,बुधबार ०३:३२   Sangita Rai

सुर्खेत, २४ माघ । प्रदेश नं ६ बाट निर्वाचित दलित समुदायका प्रदेशसभा सांसदहरुलाई सुर्खेतमा सम्मान गरिएको छ ।

नेपाल दलित मुक्ति मोर्चा ६ नं प्रदेश समितिको आयोजनामा मंगलबार उनीहरुलाई सम्मान गरिएको हो । यो प्रदेशबाट प्रत्यक्ष तथा समानुपातिकका पाँचजना सांसदलाई स्वागत तथा सम्मान गरिएको हो ।

६ नं प्रदेशअन्तर्गत दलित समुदायबाट निर्वाचित रुकुम पश्चिम प्रदेशसभा क का नेकपा माओवादी केन्द्र०का सांसद रातो कामी, मुगु प्रदेश ख बाट निर्वाचित नेकपा एमाले सांसद दानसिंह परियार, एमालेकै दैलेखका प्रदेशसभा सांसद राजु नेपाली, माओवादी केन्द्र, सुर्खेतका समानुपातिक सांसद सीता नेपाली र नेपाली कांँगे्रस मुगुका समानुपातिक सांसद झोवा विक लामालार्ई सम्मान गरिएको हो ।

कार्यक्रममा दलित समुदायबाट जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख लालबहादुर सार्की तथा ६ नं प्रदेश अन्तर्गतका स्थानीय तहमा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमका वक्ताले निर्वाचित जनप्रतिनिधिले दलित आवाजहरु केन्द्रीय तहमा पु¥याएर अधिकार सुनिश्चिततामा सहयोग पुग्ने धारणा राखेका थिए ।