भारत र दक्षिण अफ्रिकाबीचको तेश्रो एकदिवसीय आज

२४,बुधबार ०३:२५   Sangita Rai

काठमाडौँ, २४ माघ । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले आज तेश्रो एकदिवसीय खेल खेल्दैछ । यसअघिका दुई एकदिवसीय लगातार जितेको भारतले आजको खेल जिते श्रृङ्खला आफ्नो पक्षमा पार्ने आधार बलियो बनाउनेछ ।

केपटाउनमा नेपाली अनुसार बेलुकी पौने ५ बजे शुरु हुने खेलमा भारत हावी हुने सम्भावना छ ।

चोटग्रस्त दक्षिण अफ्रिका संकटमा

दक्षिण अफ्रिका मुख्य व्याट्सम्यानको चोटका कारण भारतविरुद्ध आज पनि संकटको अवस्थामा छ । कप्तान फाफ डुप्लेसिस, एबी डिभिलियर्स र क्वीन्टन डी कक चोटका कारण आजको खेल खेल्न सक्ने छैनन् ।

यस्तो अवस्थामा आइसिसीकै नम्बर एक एकदिवसीय टिमविरुद्ध जित निकाल्नु उसका लागि असम्भव जस्तै छ ।

त्यसमाथि कप्तान विराट कोहली र शिखर धवन तथा आजिन्क्या रहाणेको फर्म भारतका लागि सुखद छ । तर ठीक उल्टो समस्या र चोटले गुज्रिएको अफ्रिकी टीम अहिलेसम्मकै खराब अवस्थामा छ ।