आज देशका विभिन्न ठाउँमा बर्षा र हिमपात हुने

२२,सोमबार ०३:०५   Sangita Rai

काठमाडौं, २२ माघ । मौसमविदले भनेका छन, विभिन्न ठाउँमा बर्षा र हिमपात हुने सम्भावना छ । यसर्थ चिसो घट्नुको साटो केही दिन थप बढ्ने देखिएको छ ।

रातिदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिम नेपालका एक दुई ठाउँमा हल्का पानी पर्नुका साथै केही ठाउँमा हल्का हिमपात हुने संभावना रहेको मौसमविदको भनाई छ ।

देशभरीकै मौसम आशिंक बदली हुने र पश्चिममा भोलिसम्म नै यसको प्रभाव देखिएपनि अरु ठाउँमा भने बेलुकीदेखि मौसम सफा हुने देखिएको छ ।

बिहान ४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको दिउँसोको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।