जनकपुर, सुर्खेत, बुटवल र धनगढीमा तामझाम, विरगञ्जमा बन्द र चक्काजाम !

२१,आईतवार ०५:२२   Sangita Rai

पर्सा, २१ माघ । प्रदेश २ को पहिलो प्रदेशसभा बैठक धनुषाको जनकपुरमा तामझामका साथ शू हुँदा पर्साको विरगञ्जमा भने बन्द र तोडफोड भएको छ ।

सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम तोकेदेखि नै आन्दोलित भएका विरगञ्जबासीले आज बन्द र तोडफोड गर्दै सरकारको निर्णयमा असहमति जनाएका हुन् ।

उनीहरुले शुरुदेखि नै विरगञ्ज राजधानी हुनुपर्ने माग गर्दै आएका थिए । वीरगञ्ज प्रादेशिक राजधानी संघर्ष समितिले गरेको विरगञ्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

यसैबीच आज उनीहरुले विभिन्न गाडीमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले कार, मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

उनीहरुले भारतीय गाडी र दुई वटा कारमा पनि तोडफोड गरेका छन् । यस्तै आज प्रदेश २ का साथै ५, ६ र ७ नम्बर प्रदेशको बैठक पनि बस्दैछ ।