वाजीको गोलमा पुलिसले जित्यो आहा–रारा गोल्डकप उपाधि

२०,शनिबार १७:४९   Sangita Rai

पोखरा, २० माघ । अतिरिक्त समयको १० औँ मिनेटमा राम वाजीले गरेको एक मात्रै गोलमा नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको उपाधि उचाल्न सफल भएको छ ।

पोखरा रङगशालामा आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि पुलिसले जित्दा गत हप्ता मात्रै मनाङलाई हराउँदै इटहरी गोल्डकप उपाधि जितेको थ्रीस्टार भने स्तब्ध बन्यो ।

निर्धारित समयमा दुबैतर्पmबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कुल २० मिनेटको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा नीरकुमार राईको पासमा वाजीले गोल गरेका हुन् ।

उपाधिसँगै पुलिसले सात लाख जित्यो भने उपविजेता थ्रीस्टारले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।