ओलीलाई काउन्टर ! मीनले भने ‘तातोपानी खोलिदैछ’

२०,शनिबार १७:२०   Sangita Rai

काठमाडौँ, २० माघ । चुनाव जितेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवा नाकामा गएर चीनको यही ठाउँबाट रेल आउँछ भनेर भनेका थिए । अर्थात नयाँ सरकार बनाउनेवित्तिकै उनले चीनतर्फका नाका खोल्ने योजना सुनाएका थिए ।

तर कामचलाउ सरकारका एक जना मन्त्री तथा कांग्रेस नेताले चीनसँगको जोडिएको महत्वपूर्ण तातोपानी नाका खोल्न लागिएको दाबी गरेका छन् ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी क्षेत्रको व्यवसायिक उन्नतीबाट मात्र सरकारले सफलता कायम गर्न सक्ने भन्दै
यसका लागि दुबै देशका नाका खोल्नुपर्ने बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको अठारौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको उनको भनाई थियो ।