दक्षिण अफ्रिकी टोली संकटमा ! घाइते डिभिलियर्सपछि डुप्लेसिसपछि पनि आउट !

२०,शनिबार ०६:१७   Sangita Rai

एजेन्सी, माघ २० । एबी डिभिलियर्स चोटकै कारण टिम बाहिर रहेका बेला उसका कप्तान फाफ डुप्लेसिस पनि टिम आउट भएपछि दक्षिण अफ्रिकी टोली संकटमा परेको छ ।

बलियो टोली भारतसंगको ६ वटा एकदिवसीय खेलिरहेको अफ्रिकी टोली एकपछि अर्को संकटमा परेको हो । पहिलो एकदिवसीय गुमाईसकेका बेला थप दबाबमा परेको अफ्रिकी टोलीमा अब हार स्वीकार्नु बाहेक अरु विकल्प छैन् ।

शतकका बाबजुद पहिलो खेल हारेका डुप्लेसिसको औला पनि भाचिएको थियो । रबाडाको बलमा विराट कोहलीले व्याटमा लागेको बल चिप्लिदा डुप्लेसिसले क्याच लिन खोज्दा औला भाचिएको थियो ।

अन्ततः उनको यही क्याच महंगो साबित हुन पुग्यो । डिभिलियर्स चौथो एकदिवसीयमा फर्किनेछन् । तर टेस्ट श्रृङ्खला गुमाएको भारतलाई रोक्न अब अफ्रिकी टोलीलाई त्यति सजिलो छैन् ।

भारत र दक्षिण अफ्रिकाबीचको दोश्रो एकदिवसीय सेन्चुरिएनमा आइतबार हुदैछ ।