कुन कुन नेतालाई भेटेर के सहमति गरेर फर्किन भारतीय विदेश मन्त्री ?

१९,शुक्रबार १६:५८   Sangita Rai

काठमाडौँ, १९ माघ । भावी प्रधानमन्त्रीदेखि अहिलेका सत्ताधारी दलका नेतासम्मलाई भेटेर भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी दिल्ली फर्किएकी छिन् ।

बिहीबार दिउँसो ४ बजे काठमाडौँ ओर्लिएकी स्वराज २४ घण्टे भ्रमण सकेर दिउँसो ३ बजे विशेष विमानबाट नयाँ दिल्ली फर्किएकी हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग महत्वपूर्ण भेटवार्ता गरिन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिन् । उनले यो बीचमा के के कुरा गरिन् ? होला, हामी संक्षेपमा विश्लेषण गर्दैछौँ ।

१. स्वराजले पहिलो कुरा भावी प्रधानमन्त्री ओलीलाई सजिलै विश्वासमा लिइन् । यदि भोलि उनले गरेका निर्णय आफुलाई मन परेन भने भारतले ओलीलाई प्रधानमन्त्रीबाट हटाई दिन सक्ने चेतावनी सजिलै दिन सक्नेछ ।

२. ओली पछिल्ला केही बर्षमा भारत विरोधी व्यक्ति मानिएका छन् । वास्तवमा उनी भारतपरस्त व्यक्ति थिए र हुन । स्वराजले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई बधाई दिदैँ यसको पुष्टि गरेकी छिन् ।

३. यसै प्रसंगमा ओलीले अब आफ्ना महत्वपूर्ण निर्णय गर्दा भारतसँग पक्कै पनि सहमति खोज्नेछन । र यदि विगतको महाकाली सन्धी जस्तै आफुले सोचेको स्वार्थ पुरा भएमा ओली सम्झौता गरिदिन सक्नेछन् ।

४. अब प्रचण्डलाई चिढ्याएर वा ओलीलाई प्रयोग गरेर एमाले र माओवादीबीचमा भारतले राम्रोसँग खेल्न प्रयास गर्नेछ ।

५. स्वराजको भ्रमणले अर्को सन्देश पनि दिएको छ की मधेसवादी नेता उपेन्द्र यादव र ओली अब भारतका प्रमुख खेलाडी हुन् । नेपाली राजनीतिलाई चलायमान बनाईराख्न भारतले यी व्यक्तिलाई चलाईराख्नेछ ।

६. यतिबेला कांग्रेस किनारामा आराम गर्ने अवस्थामा पुगेको छ । तर स्वराजले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई भनेकी छन्, राजीनामा दिएपछि धेरै समय सत्ता बाहिर बस्ने अवस्था छैन् । मात्र घटनाक्रम नियाली रहनु ।

७. यसको पछिल्लो प्रमाण हो, उनले भारत भ्रमणपछि प्रचण्डलाई ओली खेमाबाट बाहिर निकालेर प्रधानमन्त्री बनाई आफु सत्तामा आएका थिए ।

८. र भारतको सबैभन्दा महत्वपूर्ण सफलता यो हो की, ओली जति भारत विरोधी छबि बनाउन सफल देखिएका छन् । अब उनलाई नै प्रयोग गरेर भारतप्रतित समर्थन र स्वार्थ पुरा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्पष्ट रुपमा अग्रसर हुनेछन् ।