स्वराजको २४ घण्टे नेपाल भ्रमण : ओली अब भारतप्रति नरम !

१८,बिहीबार १७:४५   Sangita Rai

काठमाडौँ, १९ माघ । वाम गठबन्धनको सरकार नबन्दै भारतीय उच्च चासोका रुपमा लिइएको विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणले शानदार गति लिएको छ । निकै शालिन, भद्र र औपचारिक राजनीतिक भेटवार्ता भनेपनि भारतको यो नेपालमा अस्थिरता ल्याउन चलखेल शुरु गर्ने ‘फोकल पोइन्ट’ मात्रै हो ।

नयाँ सरकारका भावी प्रधानमन्त्री तथा वाम गठबन्धनका मुख्य नेतालाई विश्वासमा लिएर उसले चाहेको विषय र भावी खेल स्पष्ट रुपमा बुभ्mन धेरै कुर्नैपर्दैन । गत बर्ष नाकाबन्दी लगाउने मुख्य व्यक्तिमध्येका एक सुधाकेर दलेलालाई साथमा ल्याएर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् ।

ओलीले हाम्रा पाहुना भन्दै स्वराज काठमाडौँ आएकै दिन सोल्टी होटलमा रात्रीभोज दिएर भेटवार्ता गर्नुलाई अलि महत्वका साथ हेरिएको छ । भेटमा ओलीले आफु प्रधानमन्त्रीसँग काम गर्न इच्छुक रहेको बताएका पनि श्रोतको दाबी छ ।

यसअघि भारतीय नाकाबन्दीलाई असफल पारेर अहिलेको चुनाव जित्ने आधार तयार पारेका ओलीलाई विश्वासलाई भारतको सफलताका रुपमा हेरिएको छ ।

र विदेशमन्त्री स्वराज काठमाडौँ टेकेकै दिन भेट्न जानु विगतकै फितलो राजनीतिक छबि ओलीले देखाएका छन् । त्यसैले पनि अहिले नै ओली आफुले बचन गरेजसरी भारतसँग अडिग रहनेमा नेपाली राजनीति वृत्तमा शंका फिजाएका छन् ।

ओलीसँगको भेटमा स्वराजले भावी सरकारले चाहिने सबै सहयोग उपलब्ध गराउने भन्दै संगसंगै अघि बढ्नुपर्नेमा ओलीसँग सहमति जनाएकी छन् । र ओली पनि विश्वस्त भएका छन् ।

ओलीसँगको भेटलगत्तै स्वराजले मधेसवादी दलसँग भेटेकी छन् । भावी सरकारका प्रधानमन्त्री र उसका मुख्य सहयात्रीलाई भेटेपछि स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

स्वराजको ४८ घण्टे भेटवार्ता र अब ओलीको बडी ल्यांग्वेज कत्तिको फेरिन्छ त्यो भने हेर्न बाँकी छ ।