पेट्रोलियम पदार्थ : पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

१८,बिहीबार १७:०८   Sangita Rai

काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले रातीदेखि नै लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । सरकारे अहिले दुई हप्तामा एक पटक गरी पेट्रोलियम पदार्थको मुल्य बढाउँदै आएको छ । यसअघि चुनावका कारण मुल्य नबढाएको निगमले अहिले बािर्षक घाटा कम गर्न भन्दै हप्तैपिच्छे मूल्य बढाउँदै लगेको हो ।