ग्वार्डिओलालाई छाडेर साञ्चेज म्यान्चेष्टर युनाइटेडमा !

९,मंगलवार ०३:३३   Sangita Rai

काठमाडौँ, ९ माघ । मोटो रकम तिरेर म्यानचेष्टर युनाइटेडले आर्सनलका स्ट्राइकर एलेक्स साञ्चेजलाई क्लवमा ल्याउन सफल भएको छ ।

युनाइटेडले साञ्चेजको बदलामा हेर्निख मखितर्यानलाई आर्सनलमा पठाएको छ । उनी साञ्चेजकै उमेरका भएपनि निकै कम गोल गरेका छन् ।

साञ्चेजले कर बाहेक १ करोड ४० लाख पाउण्डमा साढे ४ वर्षको सम्झौता गरेका हुन् । सन् २०१४ मा स्पेनिस क्लव बार्सिलोना छाडेर आर्सनल आएका साञ्चेजले १ सय ६५ खेलमा ८० गोल गरेका थिए ।

आर्सनलले उनका लागि सन् २०१४ को जुलाईमा ३ करोड पाउड तिरेको थियो । उनी गएको सिजनमा नै आर्सनल छाडेर म्यानचेष्टर सिटी जाने तयारी गरेका थिए ।