विराट कोहली ५ रनमा आउट ! जित्नैपर्ने टेस्टमा भारत हारतर्फ उन्मुख

२,मंगलवार १९:४५   Sangita Rai

एजेन्सी, २ माघ । टेस्ट क्रिकेटको नम्बर एक टिमलाई स्पष्ट जित चाहिएको छ । र उसले आफु विश्वकै उत्कृष्ट टिम हुँ भन्ने दाबी गर्छ भने दक्षिण अफ्रिकासँग जस्तोसुकै परिस्थिती भएपनि हार मान्नु हुदैन् ।

तर सन् २०१४ पछि भारतलाई यही नमुना बनाएका विराट कोहली दोश्रो इनिङमा ५ रनमै आउट भएपछि भारत हारतर्फ उन्मुख भएको छ ।

२ सय ८७ रनको मध्यम लक्ष्य पछ्याएको भारतले मात्रै ३५ रनमा ३ विकेट गुमाईसकेको छ । र उसका सबैभन्दा उत्कृष्ट फर्ममा रहेका विराट कोहली ५ रनमै पेभेलिएन फर्किएका छन् ।

क्रिजमा चेतेश्वर पुजारा ११ र पार्थिव पटेल ५ रनमा भएपनि उनीहरु दुबै जना फर्ममा देखिएका छैनन् । यद्यपी क्रिकेट अन्तिम बलसम्म कुर्नैपर्छ ।

यस्तो अवस्थामा भारतलाई कसले जिततर्फ डोहो¥याउन सक्ला ? पाचौँ तथा अन्तिम दिन पुरा क्रिजमा टिकेर चौका र छक्का कुन व्याट्सम्यानले हान्न सक्ला ? प्रतिक्षाको घडी बाँकी छ ।

दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट फितलो व्याटिङका कारण गुमाएपछि भारत दोश्रो टेस्टमा स्पष्ट जितको खोजीमा छ । र उसलाई अब कम्तीमा पनि बराबरी अनिवार्य भइसकेको छ ।

तर नम्बर एक टेस्ट बलर रबाडा र अर्का प्रभावशाली बलर नेगिडीले यस्तो अवस्था सिर्जना गराई दिएका छन् की घरेलु टोलीलाई श्रृङ्खला आफ्नो पक्षमा पार्न अब कुनै ठुलो चुनौति छैन् ।

पहिलो पालीमा १ सय ५३ रनको ऐतिहासिक पाली खेलेका कोहली ५ रनमै एलबीडब्लु धरापमा परेपछि भारतको जित्ने मनोबल खस्किएको छ ।

हार्दिक पाण्डेय, रोहित शर्मा र आर आश्विनजस्ता खेलाडीले जित दिलाउने झिनो आश राखेपनि दक्षिण अफ्रिकाका बलरले उनीहरुलाई राम्रैसँग आफ्नो तिब्र गति बलिङको सिकार यसअघिदेखि बनाउँदै आएका छन् ।

१–० ले पछि रहेको भारतलाई पाचौँ दिन यस्तो खेल देखाउन जरुरी छ । जसले श्रृङ्खलामाथि बराबरी गरेर तेश्रो टेस्ट निर्णायक बनाउन ऐतिहासिक भूमिका खेलोस ।

र सम्झिनैपर्ने अर्को कुरा २५ बर्षपछि के भारतले बलियो दक्षिण अफ्रिकालाई हराउन सक्ला त ?