सरकारसँग पाँच बुदे सहमति भएपछि डा. केसीले आज अनशन तोड्दै

२९,शनिबार ०४:०६   Sangita Rai

काठमाडौँ, २८ पुस । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ ।

शुक्रबार साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई भोलि अनशन तोडने सहमति भएको छ ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले आज केसीले अनशन तोड्ने जानकारी दिए । उनी पाँच दिनदेखि अनशनमा छन् । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गगरेको थियो ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा .डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो । आज बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्नु हुने डा सिहले जानकारी दिए । यो उनको १४आँै आमरण अनशन हो ।