फेरी मन्त्री बन्न देउवा सरकार छाड्दै माओवादी केन्द्रका मन्त्री

२८,शुक्रबार ०२:१९   Sangita Rai

काठमाडौँ, २८ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी गरेका छन् । विनाविभागीय मन्त्रीहरुले राजीनामा बुझाउन लागेको माओवादी केन्द्रले जनाएको छ ।

सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा९एमाले०सँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गरेका थिए ।

“निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियाँै, निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ । हाम्रो जिम्मेवारी हामीले पूरा ग¥याँै भन्ने लागेको छ”, विनाविभागीय मन्त्री शाहीले भने ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी छन् ।

यस्तै माओवादी केन्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी छन् । विनाविभागीय भए पनि उनीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आएका थिए । नयाँ सरकार गठनको तयारी भएपछि माओवादी मन्त्रीहरु नयाँ जिम्मेवारी र मन्त्रालय पाउने तयारीका साथ राजीनामा दिन लागेका हुन् ।