सप्तरीमा चिसोले ज्यान जानेको संख्या २३ पुग्यो, थप तीन जनाको मृत्यु !

२७,बिहीबार १६:३०   Sangita Rai

राजविराज, २७ पुस । चिसोका कारण सप्तरीमा तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

चिसोले नागरिकको ज्यान जानेक्रम बढेपनि सरकार र स्थानीय निकाय मौन भएको भन्दै धेरैले आलोचना गरेका छन् ।