एकसाथ १३ खसीसहित २६ बाख्रा मरे ! किसान चिन्तित

२७,बिहीबार १६:१६   Sangita Rai

इलाम, पुस २७ । इलाममा समुहमा व्यवसायी गरिरहेका किसानका २६ बाख्रा एकैपटक मरेका छन् । माइजोगमाई गाउँपालिका –५, सोयाङ्गमा नवदित बहुउद्देश्यीय कृषि तथा पशुपालन समूहका ६ वटा माउ बाख्रा, १३ वटा खसी र अन्य पाठापाठीसहित २६ वटा बाख्रा मरेका हुन् ।

समूहका उपाध्यक्ष बुद्ध तामाङ्गका अनुसार दानापानी तथा घाँस दिँइसकेपछि हेर्न जाँदा खोरमा बाख्राहरु मरेको पाइएका थिए ।

सात महिना अघिमात्र खोलेको बाख्रा फर्म पाँच लाख रुपैंयाँको लागतमा खोलिएको थियो । ३२ वटा बाख्रामध्ये २६ बाख्रा एकैपटक मरेपछि फर्म सञ्चालक समस्यामा परेका छन् ।

स्थानीय पशु चिकित्सकले भने घाँसमा बिषादी हालिएको हुन सक्ने र त्यही खाएर बाख्रा मरेका दाबी गरेका छन् ।