अन्ततः आफै हारे गोपाल पराजुली, प्रधानन्यायाधीश पद धरापमा !

२६,बुधबार १७:५५   Sangita Rai

काठमाडौँ, २६ पुस । आफ्नाविरुद्ध अनसन बस्नेलाई ठिक गर्छु भन्दै रातारात पक्राउ गरी डा.गोविन्द केसीलाई सर्वोच्च अदालतमा हाजिर गराउने प्रधानन्यायाधीस गोपाल पराजुली अन्ततः आफै हारेका छन् ।

आफ्नो राजीनामा मागलाई अदालतको अवहेलना मुद्धासँग दाजेर कारबाहीको माग गर्न पुगेका पराजुली हारेनन् मात्रै । नेपालको न्यायिक इतिहासमै आफ्नै प्रधानन्यायाधीस पद पनि धरापमा पारेका छन् ।

मंगलबार बहस सकिएपछि बुधबार भएको सुनुवाईमा सर्वोच्च इजलासको आदेशले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

अनि दुई दिनदेखि हिराशतमा रहेका डा.केसीलाई तारेखमा रिहाई गरिएको छ । डा.केसीलाई पक्राउ गर्ने प्रधानन्यायाधिस पराजुलीको रिसको झोक यतार्थमा यस्तो अवस्थामा पुगेको छ की अब आफैले आफ्नै खुट्टामा हानेको बञ्चरोले आफै काटिनु अर्थात पदबाट राजीनामा दिनु बाहेक अर्को विकल्प छैन् ।

किनकी यसअघि पनि विवादित बनेको प्रधानन्यायाधिस पराजुलीको शैक्षिक प्रमाणपत्र नक्कली छ भने दुई नागरिकता छन् । पहिलो नागरिकतामा उमेर हदका कारण प्रधानन्याधिस बन्न नपाउने भएपछि उनले दोश्रो नागरिकता बनाएका हुन् ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन दिएको आदेश, आदेश मात्रै नभई उनको पद नै धरापमा परेको प्रष्ट छ ।

डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा भनिएको छ, “प्रधानन्यायाधीश गोपाल पराजुलीको काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिसमेत झिकाउनू ।”