कपिलवस्तुमा दश प्रतिशतले तोरी उत्पादनमा वृद्धि, बीउ र मलको अभाव !

२४,सोमबार १४:४२   Sangita Rai

कपिलबस्तु,२४ पुस। कपिलवस्तु जिल्लामा यस वर्ष तोरी उत्पादनमा वृद्धि हुने अुनमान गरिएको छ । गत बर्षको तुलनामा यस वर्ष तोरी उत्पादन दश प्रतिशतले बृद्धि हुन सक्ने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेको हो ।

विगतका वर्ष तोरी खेतीको सिजनमा बीउ र मलको अभाव हुने गरे पनि यसवर्ष समयमै बीउ, मल र सिंचाईको सुविधा भएकाले उत्पादन बढ्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्ला कृषि बिकास कार्यालयका अनुसार रुपन्देहीको २ हजार ८ सय ४५ हेक्टर जमिनमा तोरी खेती हुँदै आएको छ । त्यस्तै, वार्षिक २ हजार ५ सय ६५ मेट्रिक टन तोरी उत्पादन हुँदै आएको छ ।