सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ !

२४,सोमबार १४:३८   Sangita Rai

काठमाडौं,२४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा.गोविन्द केसीलाई पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा। केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई प्रहरीले पक्राउ गरेको डा. जीवन क्षत्रीले जानकारी दिए ।