पैदल यात्री लाई समुहमा बाटो काट्ने नयाँ अभियान सुरुवात

२४,सोमबार १४:००   Sangita Rai

काठमाडौ,२४ पुस । जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरिले पैदल यात्री लाई समुहमा बाटो काट्ने नयाँ अभियान सुरुवात गरेको छ ।

जेब्रा क्रसिङमा बाटो काट्नका लागि ट्राफिक बत्तिको अनिवार्य व्यवस्था हुनु पर्ने उपत्यकामा कुनै पनि स्थानमा नभएको हुदा ट्राफिक प्रहरिले हाललाई समुहमा बाटो काट्ने अभियान लागु गर्न लागेको हो ।

सोमबार देखि ललितपुरमा अभियान कार्यान्वयनको प्रकिया समेत सुरु भएको ललिलपुर ट्राफिक प्रहिरले जानकारि दिएको छ ।