पानी नपर्दा हिउँदे बाली सुक्न थाले पछि किसानहरु चिन्तित

२४,सोमबार १२:०७   Sangita Rai

डडेल्धुरा,२४ पुस । जिल्लामा लामो समय देखि पानी नपर्दा हिउँदे बाली सुक्न थाले पछि किसानहरु चिन्तित बनेका छन । असोजको पहिलो साता देखि पुस महिना सकिनै लाग्दा पनि पानी नपर्दा हिउदे बाली सुक्न थालेका छ ।

आफ्नो २२ रोपनी जमिनमा लगाएको गहुबाली सुक्न थालेको र सिँचाईको सुविधा समेत नहुँदा निकै चिन्तित बनेको अजयमेरु गाउँपालिका ५ का किसान कृष्ण खड्काले बताए ।

जिल्लामा केही प्रतिशतमात्र कुलो लाग्ने जमिन र बाकी पाखो जमिन भएकाले पनि किसानहरुले लगाएको बालीनाली सुक्न थालेको हो । कुलो लाग्ने जमिनमा खेति राम्रै भए पनि खासै फस्टाउन नसकेको कृषि प्राविधिकहरुले बताएका छन् ।

यस पटक समयमै पानी नपरेका कारण र डडेल्धुरामा पाखो जमिन भएकाले पनि गहुँबाली उत्पादन संगै हिउदे तेल्हन र दल्हन बालीमा समेत ह्रास आउने बरिष्ट कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउ ।