तराईमा चिसो र शितलहर कायमै, जनजीवन थप कष्टकर !

२४,सोमबार ०३:१४   Sangita Rai

काठमाडौं, २४ पुस । तराईमा पुसको पहिलो साता देखि लागेको बाक्लो हुस्सु र शीतलहरका जनजिवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने मौसम विद्ले बताएका छन् ।

डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविदले बताए ।

अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उनले बताए। बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने हट्न अझै केही दिन लाग्ने मौसमविदले अनुमान गरेका छन् ।