हार्दिक पाण्डेय हिरो भएको पहिलो टेस्टमा भारत कम्तीमा पनि बराबरीतर्फ !

२३,आईतवार ०४:०१   Sangita Rai

एजेन्सी, पुस २३ । हार्दिक पाण्डेयले सर्वाधिक ९३ रन बनाएर २ दक्षिण अफ्रिकाको २ विकेट लिएपछि भारत पहिलो टेस्टमा खेलमा फर्किएको छ ।

अफ्रिकालाई २ सय ८६ रनमा अलआउट गरेको भारतको शुरुवात पनि अफ्रिकाकै जस्तो रह्यो । २७ रनमा शिखर धवन, मुरली विजय र कप्तान विराट कोहली आउट भएपछि दबाबमा परेको भारतलाई उकास्न चेतेश्वर पुजारा, भुवनेश्वर कुमार र हार्दिक पाण्डेयले पुरा सहयोग गरे ।

पुराजा २५, कुमार २० रनमा आउट हुँदा पाण्डेयले झण्डै शतकीय पारी खेले । विष्फोट व्याटिङ गरेका उनले १० बढी चौका हिर्काए र एक छक्का समेत प्रहार गरे । ९३ रन बनाएर खेलिरहेका बेला उनी कासिगो रबाडाको बल र क्लिन्टन डिकको हातबाट क्याच आउट भए ।

भारत २ सय ९ रनमा अलआउट भएपछि दोश्रो पाली थालेको अफ्रिकाको शुरुवात पनि पाण्डेयले नै खराब पारिदिए ।

उनले शुरुवाती २ विकेट लिएका छन् । र आइतबार उसले २ विकेट गुमाएको ६५ रनको अवस्थाबाट खेल्न शुरु गर्नेछ ।

क्रिजमा हसिम अमला र रबाडा छन् । उनीहरुलाई पनि सस्तैमा आउट गर्ने हिसाबले भारत केपटाउनको मैदान उत्रिने तयारीमा छ ।

२५ बर्षदेखि टेस्ट जित्न नसकेको भारत दक्षिण अफ्रिका भ्रमणमा तीन खेलको टेस्ट, ६ खेलको एकदिवसीय र तीन खेलको ट्वेन्टी ट्वेन्टी खेल्नेछ ।