अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख मिहोभा आजदेखि विभिन्न भेटवार्तामा

२०,बिहीबार ०३:२०   Sangita Rai

काठमाडौ, २० पुस । अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा बिहीबार आजदेखि विभिन्न भेटवार्तामा सहभागि हुने आन्तरिक स्रोतलले जनाएको छ ।

हिजो साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा राजधानी काठमाडौमा रहेका मिहोभाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

साथै उहाँले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण गर्नुका साथै पोखरालगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।