इंग्लिस प्रिमियर लिग लिडर सिटीलाई १५ अंकको अग्रता !

१९,बुधबार ०४:१५   Sangita Rai

एजेन्सी, १९ पुस । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता लिएको छ ।

मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराएपछि उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

यसअघि क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको सिटीलाई जिताउन रहिम स्ट्रर्लिङ, क्रिष्टियन र सर्जियो अग्युरोले गोल गरे भने वार्टफोडका काबासेली आत्मघाती गोल गरे ।

जितपछि सिटीको २२ खेलबाट ६२ अंक भएको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ ।